रामेछाप- रामेछापको पाँच गाउँपालिकामा नेपाल शिक्षक संघको दोस्रो स्थानीय प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको उमाकुण्ड, गोकुलगंगा, लिखुतामाकोशी, सुनापति र खाँडादेवी गाउँपालिकामा नेपाल शिक्षक संघको दोस्रो स्थानीय प्रतिनिधि सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक संघ रामेछापका सचिब अर्जुन बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
पाँचै गाउँपालिकाका नेपाल शिक्षक संघका अध्यक्षको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा नेपाल शिक्षक संघगाउँपालिकाले एक वर्षमा गरेका कार्यको प्रतिबेदन प्रस्तुत गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा बोल्ने शिक्षकहरुले अहिले स्थानीय तहले शिक्षक नियुक्ती गर्दा शिक्षा नियमवाली २०५९ विपरित राजनीतिक पुर्वग्राही राखेर गरेको हुँदा त्यसलाई तत्काल सच्याउन आग्रह गरेका छन् । कार्यक्रममा नेपाल शिक्षक संघमा आवद्ध भएका शिक्षकहरुलाई संघको कार्यक्रममा जाँदा स्थानीय तहका प्रमुखहरुले विभिन्न धम्की दिएर रोक लगाईएको भन्ने शिक्षकहरुले गुनासो गरेपछि अब त्यस्तो गरे कामनै ठप्प पारेर आन्दोनमा उत्रने चेतावनी नेपाल शिक्षक संघले दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिहरुले आफ्नो पेशामा रहेका शिक्षकहरुलाई स्थानीय तहले सहज रुपमा काम गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिएका छन् । उनिहरुले शिक्षण पेशामा रहेका शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलले पार्टीको काममा लगाउन नमिल्ने भन्दै त्यसमा सबै राजनीतिक दलले ध्यान दिनुपर्ने भनाई राखेका थिए ।
खाँडादेवी गाउँपालिकाको नेपाल शिक्षक संघका अध्यक्ष पदम बहादुर मानन्धरको अध्यक्षता एवं नेपाली काग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा खाँडादेवीमा, सुनापति गाउँपालिको नेपाल शिक्षक संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मोक्तानको अध्यक्षता एवं नेपाली काग्रेसका केन्द्रिय प्रशिक्षण विभागका संयोजक प्रमोदहरी गुरागाईको प्रमुख आतिथ्यतामा सुनापतिमा, गोकुलगंगा गाउँपालिकाका संघका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता एवं नेपाली काग्रेसका पूर्वपार्टी सभापति रामचन्द्र खड्काको प्रमुख आतिथ्यतामा गोकुलगंगा, लिखुतामाकोशी गाउँपालिकाका नेपाल शिक्षक संघका अध्यक्ष सोम बहादुर महतको अध्यक्षता एवं नेपाली काग्रेसका पूर्वपार्टी सभापति रामचन्द्र खड्काको प्रमुख आतिथ्यतामा लिखुतामाकोशीमा र उमाकुण्ड गाउँपालिकाको संघका अध्यक्ष राजेन्द्र बस्नेतको अध्यक्षता एवं नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरको प्रमुख आतिथ्यतामा उमाकुण्डमा कार्यक्रम सम्पन्न भएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया