रामेछाप- विश्वका विभिन्न देशमा महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरसको कारण अन्तिम समयमा आएर रोकिएको एसईई परीक्षा प्रश्नपत्र सुरक्षित साथ प्रहरीको जिम्मामा आइपुगेको छ । जिल्लाभर २० ओटा परिक्ष केन्द्र तोकिएका थिए । नजिकका केही केन्द्र बाहेक सबै जसो परीक्षा केन्द्रमा पुर्याईएका प्रश्नपत्रहरु विहिबार र शुक्रबार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक बसन्त पाठकले बताउनुभयो ।

दुई ओटा परीक्षा केन्द्रको इलाका प्रहरी कार्यालय धोवी र बाँकी १८ ओटा केन्द्रको प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याई सुरक्षित राखिएको पनि प्रहरी प्रमुख पाठले बताउनुभयो ।
कोरोनाको त्रासले विद्यार्थीलाई मनोबैज्ञनिक रुपमा समेत असर पार्ने भएको हुँदा अभिभावकले विद्यार्थीको स्वास्थ्य अवस्थासँगै उनिहरुको पढाईमा समेत विषेश ध्यान दिनु पर्ने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत बहादुर भट्टराईले बताउनुभयो । कक्ष ९ सम्मको परीक्षा भने स्थानीय तहलेनै संचालन गर्नेछ । स्थानीय तहले संचालन गर्ने ९ कक्ष सम्मको परीक्षा उमाकुण्ड गाउँपालिका बाहेकका सबै स्थानीय तहले सम्पन्न गराइसकेको समेत प्रमुख भट्टराईले बताउनुभयो ।
यस वर्ष रामेछापबाट ३ हजार ४ सय २४ जना परिक्षर्थीले एसईईमा भाग लिँदै छन् । कोरानाकै कारण स्थगित भएको परीक्षा कहिले हुन्छ भन्ने मिति भने तय भएको छैन् ।
यो बारेमा तपाईको प्रतिकृया