Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ८० प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न, भवन बने विद्यार्थी भर्नामा चुनौति 

नेपाल अभियान नेपाल अभियान
७ असार २०७७, आईतवार
in शिक्षा
0
113
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछापमा भूकम्पले क्षतिग्रस्त विद्यालय भवनहरु क्रमशः पुनर्निमित हुँदै जाँदा त्यसको सुरक्षा र विद्यार्थीहरुको सहभागितालाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको रामेछापका विद्यालय पुनःर्निर्माण विषयक भर्चुअल संवादमा जिल्लाका सरोकारवालाहरुले केहि विद्यालय पुनर्निर्माणमा भएको ढिलासुस्ती र पुनःर्निर्मित भवनको संरक्षण, गुणस्तर र बिद्यार्थीहरुको घट्दो दरका बारेमा  चिन्ता व्यक्त गरेका हुन् ।

रामेछापका भूकम्प प्रभावित ५५ प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भैसकेको र २५ प्रतिशत निर्माणाधिन रहेकाले ८० प्रतिशत विद्यालयको पुनःर्निर्माण चालु आर्थिक बर्षमा नै सुनिश्चित भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख निर्मल घिमिरेले बताउनुभयो । उहाँका अनुसार बन्न बाँकी २० प्रतिशत विद्यालयमा पनि ३० वटा बिद्यालयहरु अन्य बिद्यालयसँग समायोजन भएका र केही हुने चरणमा रहेकाले  अब पुनःर्निमाण गर्नुपर्नेे विद्यालयको संख्या अत्यन्तै कम रहेको बताउनुभयो ।

२०७२ बैशाख १२ गते गएको भूकम्पमा रामेछापका ४ सय १९ विद्यालयका ३३ सय ४५ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये  हाल १ हजार सात सय ४५ वटा कक्षाकोठा निर्माण सम्पन्न भैसकेको र ७ सय १८ बटा कक्षा कोठा निर्माण कार्य भैरहेकोले कुल  २ हजार ४ सय ६३ कक्षाकोठा आगामी वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने पनि प्रमुख घिमिरेले बताउनुभयो । उहाँका अनुसार अझै ८ सय वटा कक्षाकोठा पुनर्निर्माण गर्नुपर्ने तथ्यांक भएपनि केही प्रदेश र स्थानीय तहबाट पनि निर्माण भएका र केही आगामी वर्ष निर्माण गरिने  योजना रहेको छ ।

कार्यक्रमका अबसरमा रामेछापमा तत्कालिन अबस्थामा ४ सय १९ वटा विद्यालय पुन निर्माण गर्नुपर्ने बिद्याय भएपनि ३० वटा बिद्यालय समायोजन भएर हाल ३ सय ८९ मात्रै विद्यालय बाँकी रहेका र केही बिद्यालयहरुको स्तर घट्ने क्रम रहेकाले पुनर्निर्माण हुनुपर्ने कक्षाकोठाको संख्या अझै घटन सक्ने बताउनुभयो । उहाँले रामेछापमा विद्यालय ब्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसरकारी संस्था मार्फत निर्माण हुने गरी ३ मोडलमा निर्माणको काम भइरहेको जानकारी गराउनु भएको छ ।  विव्यसबाट निर्माण हुने २ सय ७१ विद्यालयका ९ सय १६ वटा कक्षाकोठा निर्माण सुनिश्चित भैसकेकोे भन्दै ति मध्ये ७ सय ४७ कक्षाकोठाको निर्माण यही असारमा सकिने र बाँकी १ सय ६९ कक्षाकोठा भर्खरै कार्यक्रम स्वीकृत भएकाले अर्को वर्ष सकिने उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीबाट बन्ने २१ विद्यालय गत वर्ष नै सम्पन्न भएको र १२ विद्यालय २ देखि ३ महिना भित्र सम्पन्न हुने इकाइले जनाएको छ । १७ विद्यालयको निर्माण कोभिड–१९ का कारणले शुरु गर्न सकिएको छैन । ठेक्का मार्फत निर्माण हुने ९ विद्यालयको निर्माण भर्खरै शुरु भएको इकाइले जनाएको छ ।

विद्यालय ब्यवस्थपापन समिति मार्फत ७ सय ४७ कक्षाकोठा बनाउन हालसम्म १ अर्ब ९ करोड ३९ लाख ७ हजार ६ सय ६२ रुपिया खर्च भएकोमा आ.वं. २०७३/७४ मा १० करोड बढी, २०७४/७५मा ३५ करोड भन्दा बढि, २०७५/७६ मा ४२ करोड बढी र २०७६/७७ मा २१ करोड भन्दा बढी सहित हाल सम्म १ अर्ब ९ करोड ३९ लाख ७ हजार ६ सय ६३ रुपैया खर्च भएको र आगामी आ.वं.मा थप १ सय ६९ कक्षाकोठा निर्माणको  कार्यक्रम आएको पनि जिल्ला आयोजना कार्यान्वय इकाई  (शिक्षा) रामेछापले जनाएको छ ।

चार चरणमा गरेर निर्माण व्यवसायीमार्फत् निर्माण गर्नुपर्ने ५९ विद्यालयका १ हाजर एक सय ३५ कक्षाकोठा मध्ये २१ विद्यालयमा ४ सय २० कक्षाकोठा गतवर्ष नै निर्माण भएको  र १२ विद्यालयमका २ सय ४० कक्षाकोठा भदौभित्र निर्माण सम्पन्न एवं बाँकी ९ विद्यालयका १ सय ३५ कक्षाकोठा र १७ विद्यालयका ३ सय ४० कक्षाकोठा पुननिर्माणको काम शुरु गर्ने चरणमा रहेको साथै गैर सरकारी संस्थाले निर्माण गर्नुपर्ने ८५ विद्यालयका ७ सय १२ कक्षाकोठा मध्ये ३ सय ३८ कक्षाकोठा निर्माण सम्पन्न गरिसकेपनि १४ विद्यालयका ७४ कक्षाकोठा अहिलेपनि निर्माणाधीन नै रहेको जानकारी गराइएको थियो ।

कार्यक्रमका अबसरमा केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का आयोजना उपनिर्देशक दिलिप शेखर श्रेष्ठले ५ वर्षमा ७ हजार ५ सय ५३ विद्यालयहरु पुनःर्निर्माण गर्न दुई मोडालिटि तयार गरी ठूला र बढी क्षति भएकामा निर्माण व्यवसायिबाट र साना र कम क्षति भएका आधारभूत तहका विद्यालयहरु विद्यालय ब्यवस्थापन समिति  मार्फत् निर्माण कार्य शुरु गरिएको जानकारी दिनुभयो । आगामी एक वर्ष भित्र मुलुकभरका सम्पूर्ण विद्यालयको पुनर्निर्माण सक्ने इकाइको योजना बताउनुभयो  । उहाँले निर्माणाधिन  निर्माण कार्य सकिएका विद्यालयकोे गुणस्तर अनुगमन नियमित भइरहेको र बनेका भवनहरु विपत्तप्रतिरोधि, लैंगिकमैत्री र वातावरण मैत्री रहेको पनि बताउनुभयो । त्यसैगरी केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का उपसचिव प्रकाश महर्जनले पुनःर्निर्माण रफ्तारमा अघि बढिरहेको बेला कोभिड–१९ को संकटले केही सुस्त हुनगएको स्वीकार्दै सुस्त गतिमा भएपनि काम अगाडि बढिरहेको बताउनुभयो । साथै, पुनर्निर्माणमा गुणस्तरको मामिलामा सम्झौता नगरिएको पनि उहलले  बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका इकाइ प्रमुख भरत भट्टराई, सुनापति गाउपालिका अध्यक्ष धावा लामा, माबि कठाजोरका बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष एबं मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसक पूर्ब क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठ, गौरी शंकर माबि का प्र अ निरबहादुर कार्की,  माबि राकाथुमका प्र अ चक्रलाल श्रेष्ठ, मा बि डहु का प्र अ दल बहादुर वल, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पूर्ब अध्यक्ष हिमाल ढुंगेल लगाएतले भारत सरकारको अनुदानमा जिल्लामा निर्माण हुन लागेको ९ वटा बिद्यालयहरु चाडै निर्माण हुनु पर्ने, भवनको गुणस्तर र शैक्षिक गुणस्तरलाई ख्याल गरिनुपर्ने, लगत स्टमेट अनुसारको काम गरिनु पर्ने  भवन सँगै खानेपानीको ब्यवस्था पनि गरिनु पर्ने र तला थप गर्न मिल्ले खालको भवनहरु निर्माण गरिनुपर्ने कुरालाई जोड दिएका छन् ।

Share64Tweet21Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

७ असार २०७७, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

७ असार २०७७, आईतवार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

७ असार २०७७, आईतवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

७ असार २०७७, आईतवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

७ असार २०७७, आईतवार
मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो
शिक्षा

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो

७ असार २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.