Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविमा भर्ना हुन प्रवेश परीक्षा अनिवार्य

बद्री नयाँघरे बद्री नयाँघरे
१७ बैशाख २०७६, मंगलवार
in शिक्षा, समाचार
0
162
SHARES
Share on FacebookShare on Twitter

१७ बैशाख, २०७६

रामेछाप– जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको मन्थली मा.वि.मा अन्य विद्यालयबाट पढ्न   आउने विद्यार्थीहरुले प्रवेश परीक्षा उतिर्ण भए पछि मात्रै भर्ना हुन पाउने छन् । विद्यालयले शिक्षाको गुणस्तरलाई राम्रो बनाउनको लागि विगत ३ वर्ष देखि यो बिधि लागु गरको हो । यसरी मन्थली माविमा भर्ना हुन आउने विद्यार्थीहरू जिल्लाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु रहेको विद्यायले जानाएको  छ ।

प्रवेश परीक्षामा सहभागि विद्यार्थीहरु

यस वर्षको भर्ना अभियान सुरु भएदेखि नै विभिन्न चरणमा विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागि गराइएको परीक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई तत्काल भर्ना गरिएको र अनुत्तिर्ण हुने विद्यार्थीहरुलाई पुनः एक पटक मौका परीक्षामा सहभागी गराएर उतिर्ण भए भने मात्रै भर्ना गर्ने गरेको मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताउनुभयो । रामेछापका अन्य विद्यालय तथा शिक्षकहरु भर्ना अभियान नै चलाएर गाउँ–गाउँमा पुगिरहेका बेला मन्थली माविमा भने नयाँ भर्ना हुने विद्यार्थीको चाप बढ्दो रहेको मन्थली माविका शैक्षिक प्रमुख चन्द्रसिं धामीले बताउनुभयो ।

मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहाल

मन्थली मावि पछिल्ला वर्षहरुमा एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याएर अफूलाई जिल्लामै गुणस्तरीय शिक्षा दिन सफल भएको छ । गुणस्तरीय पढाइ र अनुशासित विद्यार्थीहरू बनाउन सकेकै कारण भर्नाको समयमा विद्यालयमा विद्यार्थीहरुको चाप बढेको सरोकारवाला निकायहरुको बुझाइ रहेको छ । २०१२ सालमा स्थापना भएको मन्थली माविमा अहिले यो वर्ष करिब एक जहाजर ३ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

अग्रेजी माध्यमको पढाई प्रति विद्यार्थी आकर्षित

सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको भनेर चौतर्फी आलोचना खोपी रहेका बेला मन्थली माविले भने आलोचना हैन आभिभावकहरूबाट धन्यबाद पाउने गरेको छ । कारण हो निजी विद्यालयमा जस्तै कक्षा १ देखि कक्षा १० सम्म अग्रेजी माध्यममा पढाइ हुनु । मन्थली माविले शिक्षालाई गुणस्तरीयता दिनको अग्रेजी माध्यममा पठन–पाठन गर्न सुरु गरेको हो । 

प्रत्येक हप्ताको शुक्रवार आन्तरीक परीक्षा

शैक्षिक गुणस्तरकरो लागि विद्यालयले प्रत्येक हप्ताको शुक्रबार सबै कक्षाका विद्यार्थीको परीक्षा लिई कमजोर भएका विद्यार्थीहरूलाई पढाई सुधार गर्न सुझाव तथा राम्रो परिणाम ल्याउने विद्यार्थीहरूलाई पुरस्कारको ब्यवस्था समेत गरेको छ । त्यस्तै प्रत्येक महिना अनिवार्य रुपमा परीक्षा लिने ब्यवस्था पनि रहेको छ । त्यस्तै नियमित रुपमा हुने त्रैमासिक, अर्धबार्षिक र बार्षिक परीक्षाहरु त छँदैछन् ।

कक्षाकोठा भित्रै राष्ट्रिय गान देखि योगाभ्यास

अधिकासं विद्यालयहरूले विहान विद्यार्थीहरूलाई योगा तथा अन्य गतिविधिहरु सबै कक्षाका विद्यार्थीहरूलाई विद्यालयको कम्पाउन्ड भित्र एकै ठाउँ राखेर गराउछन् । तर, मन्थली माविमा भने हरेक बिहान विद्यालय समय सुरु भए पछि कक्षा कोठा भित्र विद्यार्थी र शिक्षक प्रवेश गरीसक्नु पर्छ । कक्षा कोठामा पुगिसके पछि सुरुमा राष्ट्रिय गान, योगाभ्यास, राजयोग मेडिटेशन लगायतका अभ्यासहरू गरीसके पछि मात्रै पढाई सुरु हुन्छ । त्यस पछि कक्षा कोठामा पठन–पाठन भइरहेको छ की छैन् भन्नेकुराको अनुगमन समेत  सि सि टि भी मार्फत शैक्षिक प्रमुखले  सबै कक्षाको गर्नुहुन्छ ।

कक्षाकोठामा भईरहेको पढाईको सि.सि. टि.भी. मार्फत अनुगमन गर्दै शैक्षिक प्रमुख चन्द्रसिं धामी

विद्यालयले नै सिकाउछ उसु, कराते र तेक्वान्दो

धेरै विद्यार्थीहरु आफूलाई मन लागेका खेल खेल्नको लागि विद्यालय भन्दा बाहिर जानु पर्छ । तर, मन्थली माविमा भने पढाईबाहेक विद्यालयमै उसु, कराते, तेक्वान्दो जस्ता खेल पनि   खेलाईन्छ । विद्यालयमा विभिन्न सदनहरू बनाएर अन्य विभिन्न खेल समेत खेलाईन्छ । मन्थली माविमा भर्ना हुनको लागि प्रवेश परीक्षामा उतिर्ण हुनुपर्ने देखि विद्यालय भित्रै विभन्न खेल समेत खेलाइने हुँदा अहिले मन्थली मावि जिल्लाकै नमूना विद्यालयको रुपमा परिचित छ । जसको कारण अहिले भर्ना हुने धेरै विद्यार्थीको चाप समेत बढेको छ ।

खेलमा सहभागि विद्यार्थीहरु

Share134Tweet12Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

१७ बैशाख २०७६, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

१७ बैशाख २०७६, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

१७ बैशाख २०७६, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१७ बैशाख २०७६, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१७ बैशाख २०७६, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१७ बैशाख २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.