Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा र काँग्रेस कुनै हातलमा फुट्नु हुन्न –मन्त्री ढुंगेल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ मंसिर २०७७, शुक्रबार
in शिक्षा, समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ मंङ्सिर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ ।

सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो ।
उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि अहोरात्र ख्टने यी दुई पार्टिहरु फुटेमा राजावादीहरुलाई फाइदा पुग्ने भन्दै यिनिहरु कहिल्यै नफुट्ने र फुट्न पनि नहुने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार कटुवालको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अबसरमा उहाले नेकमा मह भएकोले महको वरीपरि माहुरीहरु घुम्नु स्वभाबिक भएको भन्दै, शक्ती केन्द्र मा बेला बेलामा हलचल आउनु वहस र पैरवी हुनुलाई स्वभाविक रुपमा लिनुपोर्ने बताउनुभयो । उहाले कि बि रोपेको त ३ बर्ष पछि मात्र फल देखिन्छ भने प्रदेश सरकार गठन भएको त भर्खर साढे दुइ बर्ष मात्र भएकोले पर्याप्त विकासहरु गरेको नदेखिएपनि बाटो पिच, खेकुदका लागि आबश्यक भवनहरु चिस्यान केन्द्रहरु लगाएका निमाणकार्य जिल्लामा भैरहेको पनि बताउनुभयो । उहाले फुलासी जिल्लाकै सबै चिज उत्पादन हुने र उपलब्ध हुने स्थान भएकाले फुलासी को वारेमा गित लेखेर र हरेक चिज उत्पादन गरेर पर्यटकलाई फुलासी घुम्न जाँउ जाँउ लाग्ने अबस्था बनाउन आग्रह गर्नुभयो ।

सो अबसरमा बोल्दै संबिधान सभा सदस्य तारानारायण श्रेष्ठले सरकारले भ्रष्टाचार नगर्दा पनि उपभोक्ता समितिका पदाधिकारीहरुले गरेको भ्रष्टाचार लाई सरकारले गरेको भनि प्रचारवाजी गर्नेगरिएको बताउनुभयो । उहाले स्टमेट अनुसारको योजना कार्यान्वयन गर्दा कुनै प्राविधिक वा कर्मचारीले घुस मागेमा सिधै नेकपाको गाउ, नगर वा जिल्ला कार्यालयमा उजुरी गर्न अनुरोध गर्नुभयो ।बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले अधिकांस पत्रकारको कलम नकरात्मक ढंगबाट लेखन कार्य सुरु हुने भएको आरोप लगाउदै उनीहरुको कलम सकरात्मक ढंगबाट अगाढि बढ्नु पर्ने बताउनुभयो । उहाले वर्तमान सरकारले केहि गरेन भन्नेहरु अहिले सरकारका काम र गतिबिधिहरु देखेर दंग परिरहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै जिल्ला आयोजना प्रमुख निर्मल घिमिरेले यस्ता भवनहरुले वावालिकाको पठन पाठनमा सहजता आउनुका साथै गुणस्तर बृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै निर्माण ब्यवसायि रामबाबु घिमिरेले भवन निर्माणमा धेरै चुनौतीहरु ब्यहोर्नु परेको गुनसो गर्दै भवन निर्माणका लागि सहायोग गर्ने सबैलाई धन्यावद ब्यक्त गर्नुभयो ।
१२ र ९ कोठे २ वटा साढे ३ तले भवन फर्निचर र शौचालय सहित ७ करोड ३२ लाखको लागतमा निर्माणकार्य सम्पन्न भएको थियो ।

Share35Tweet22Share6

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२६ मंसिर २०७७, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२६ मंसिर २०७७, शुक्रबार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२६ मंसिर २०७७, शुक्रबार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२६ मंसिर २०७७, शुक्रबार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२६ मंसिर २०७७, शुक्रबार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२६ मंसिर २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.