रामेछाप, २० पुष । सिन्धुली जिल्लाको सुनकोशी गाउपालिकाको वडा नं–३ वोहोरेटारमा रहेको श्री प्रगतिशिल माध्यामिक विद्यालयको नव निर्मित भवनको साँचो आइतवार एक समारोहका विच बिद्यालय ब्यवस्थापन समितलाई हस्तान्तरण गरिएको छ ।
सुनकोशी गाउपालिकी अध्यक्ष दीपा बोहोराले एक कार्यक्रमका विच उक्त भवनको साँचो विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुका साथै नव निर्मित भवनको उद्घाटन समेत गर्नुभएको थियो ।
कार्यक्रका अवसरमा वोल्दै अध्यक्ष वोहोराले यो बिद्यालय गाउँपालिका भरी नमूना बिद्यालय भएकोले भवन अनुसारको नमूना पठन पाठन गरेर देखाउनु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो– “पालिकाको सदरमुकाममा भएको विद्यालयमा हुने शैक्षिक गतिविधिहरुरू अन्य विद्यालयहरुले पनि सिक्ने हुँदा पठनपाठन र अन्य शैक्षिक गविविधिलाई गुस्तरीय वनाउनु पर्छ ।” उहाले यस माविको शैक्षिक सुधारका लागि पालिकाले बिभिन्न कार्यक्रमहरू सञ्चालन गरीरहेको र आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने वताउनुभयो ।
उहाले विद्यालयका शिक्षकहरु विच भएको मनमुटावलाई लक्षित गर्दै अरूलाई अनुशासन सिकाउने गुरूहरूनै अनुशासनमा नवस्ने हो भने विद्यार्थीले राम्रो कुरा नसिक्ने भन्दै आन्तरिक विवाद र झमेलाहरू भए एक आपसमा वसेरै समाधान गर्नुपर्ने भन्दै तेस्ता कुराहरु विद्यालर्थी र अविभावकहरू सम्म लैजान नहुने वताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा वोल्दै गाँउपालिकाका उपाध्यक्ष दीर्ग सिं मोक्तानले पालिकाको शैक्षिक क्षेत्रको सुधारका लागि बिभिन्न नीतिहरू तयार गरीरहेको र सोहि नीति अनुरुप सबै शैक्षिक क्षेत्रहरू सञ्चालन हुने बताउनु भयो ।
२०७२ सालमा गएको विनासकारी भुकम्पमा उक्त विद्यालयका भवनहरू भत्किएपछि एसियाली विकास बैंकको आर्थिक तथा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को प्राविधिक सहयोगमा ८ करोड ३४ लाखको लागतमा कन्टेक्ट लुम्विनी जे भी ले २१ कोठे आधुनिक सुविधा सहितको भवन निर्माण गरेको हो ।
२०७७ सालको असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ माघ महिनामा निर्माण ब्यवसायि सँग सम्झौता गरिएको भएपनि मुलुकमा ब्याप्त कोभिड–१९ का कारण निर्धारित समयमा नसकिएपछि पुनः ६ महिना म्याद थपेर निर्माण कार्य सम्पन्न भएको सो विद्यालयका प्रधानाध्यापक चक्र बहादुर श्रेष्ठले वताउनुभयो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख बिष्णु प्रसाद भट्टराई सो वडाका वडा अध्यक्ष रामचन्द्र आचार्य सहित अन्य वडाका वडा अध्यक्षहरू, पूर्व बिद्यार्थी, पूर्व शिक्षक लगाएत वर्तामान शिक्षक तथा विद्यार्थीहरु र अविभावक लगाएतको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया