Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२०७२ सालको भूकम्पले भत्काएको संस्कृत विद्यालय नयाँ मुहारमा

बद्री नयाँघरे बद्री नयाँघरे
२९ बैशाख २०७६, आईतवार
in शिक्षा, समाचार
0
202
SHARES
Share on FacebookShare on Twitter

२९ बैशाख, २०७६

रामेछाप– २०७२ सालको विनासकारी भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृत माविको भवन पुनः निर्माण सम्पन्न गरि समुदायमा हस्तान्तरण भएको छ । आईतबार रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले रिबन काटेर नवनिर्मित विद्यालयको भवन उद्घाटन गरि हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापामगरले भवन निर्माणमा सहयोग पु¥याउने सबै दातृ निकायहरुलाई धन्यबाद व्यक्त गर्दै भूकम्प पछिको पुनः निर्माणमा सहयोगी दाताहरुको सहयोगका कारण गाउँगाउँमा सुविधा सम्पन्न विद्यालय भवन चाँडै बन्नु राम्रो भएको बताए । उनले  विद्यालयको सुविधा सम्पन्न भौतिक संरचना जस्तै गुणस्तरिय शिक्षामा सबैले ध्यान दिए मात्र नगरको शिक्षामा सुधार आउने बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले जिल्लाको एक मात्र संस्कृत मावि भएकोले विद्यालयको शैक्षिक अवस्थामा सुधार गर्नका लागि  सबैको भूमिका महत्वपूर्ण हुने बताइन् ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार घिमिरेले  भूकम्पले ध्वस्त पारेको विद्यालयको भवन यति चाँडै बन्नेमा आफूले कल्पना समेत नगरेको कुरा स्मरण गर्दै दातृ निकायको सहयोगमा अत्याधुनिक भवनको साँचो बुझ्न पाउँदा खुसी लागेको बताए ।

अध्यक्ष घिमिरेले भवनको अभाबमा बालबालिकालाई पठन–पाठनमा समस्या भएको अवस्थामा सुविधा सम्पन्न भवनहरु बन्दा विद्यार्थि र अविभावकहरुलाई समेत खुसी लागेको बताए । उनले जिल्लामा संस्कृत पढाइ हुने एक मात्र विद्यालय भएकाले संस्कृत पढ्न चाहने विद्यार्थीहरुका लागि अब विद्यालयमै होस्टेल राखेर संस्कृत विषयमा कर्मकाण्ड सहित पढाइने तयारी विद्यालययले गरिरहेको पनि बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उक्त विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले विद्यालयमा सुविधा सम्पन्न भौतिक संरचनाहरु बने पनि दक्ष शिक्षक, विज्ञान प्रयोगशाला, कम्युटर कक्ष आदीको व्यव्स्थापन हुन नसक्दा  विद्यार्थिको संख्यामा कमी आएकोले त्यसको समधानको लागि आफूले गर्नु पर्ने सहयोग एवं भूमिमा कुनै पनि कमि नआउने बताए ।  त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका नेता आनन्द श्रेष्ठले २०१६ सालमा स्थापना भएको विद्यालयको सुधारका लागि आफू र आफ्नो पार्पीले पनि कुनै कसर बाँकी नराख्ने आश्वासन दिए । विद्यालयमा  क्षेत्री, बाह्रमण दलित, जनजाती लगायत सबै समुदायका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले पनि यसको आफ्नै किसिमको महत्व रहेको भन्दै यसलाई अविभावक र स्थानीय अगुवाहरुले पनि गम्भिरताका साथ चासो दिनु पर्नेमा जोड दिए ।

कार्यक्रमका संचालक एवं शिक्षक नारायण प्रसाद घिमिरेले कक्षा १ देखि कक्षा १२ सम्म २ सय १७ जना विद्यार्थीहरु रहेको जानकारी गराएका थिए ।

२०७२ सालको भूकम्पले ध्वस्त भएको उक्त विद्यालय  ९ करोड ६५ लाख २८ हजार ३ सय ६० लागतमा निर्माण भएको हो । ५ वटा पक्कि भवन अपाङग र बालमैत्रि बनेको छ । भूकम्पिय आपलकालिन सहायता आयोजना कार्यक्रम अन्तर्गत नव निर्मित विद्यालय भवन एशियाली विकाश बैंकको आर्थिक सहयोग र जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षाको अनुदान व्यवस्थापनमा निर्माण भएको हो ।

Share156Tweet19Share5

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२९ बैशाख २०७६, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२९ बैशाख २०७६, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२९ बैशाख २०७६, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२९ बैशाख २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२९ बैशाख २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२९ बैशाख २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.