रामेछाप १४ फाल्गुण । रामेछाप नगरपालीका वडा नं ८ बावियाखर्कको सामान्य परिबारमा हुर्किएर पनि सकरात्मक सोचका धनी हरि ओम घिमिरेले आफनो २९ औ जन्मउत्सवमा आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थिहरुका लागि शैक्षिक सामाग्रि वितरण गर्नु भएको छ । उहाँले शुक्रबार विद्यालयमा एक समारोहका विच आफुले अध्ययन गरेको गाउँको शारादा संस्कृत माध्यामिक विद्यालय बाबियाखर्कमा अध्ययनरत २ सय छात्र छात्राका लागि शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
जन्मोउत्सब मनाउँदा केक काटने र अन्य फजुल खर्चलाई दुरुत्साहित गरौ भन्ने सन्देश प्रवाह गर्न त्यस शिर्षकमा हुने खर्चलाई सामाजीक क्षेत्रमा लगाउने ईच्छा अनुसार उहाँले अध्ययन गरेको आफनै गाउँको विद्यालयमा अध्ययन गर्ने बाल वालीकाहरुका लागि कपी र कलम लगाएतको शैक्षिक सामाग्रि प्रदान गर्नु भएको हो । कार्यक्रमका अबसरमा उहाँले विद्यार्थि,शिक्षक र सहभागि हरुलाई मिठाई पनि वितरण गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया