रामेछाप ६ बैशाख । ओलखढुंगा जिल्लाको लिखु गाँउपालिका वडा नं–१ स्थित चिउरी डाँडा आधारभूत विद्यालयलाई हेल्प नेपाल सि एस र जनार्जन फाउण्डेशने फर्निचर सहयोग गरेको छ ।
सो विद्यालयमा आइतवार आयोजित एक कार्यक्रमका अवसरमा १४ सेट डेक्स बेन्च उक्त बिद्यालयर्लाइ जनार्जन फाउन्डेशनका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि जनार्जन शर्माले हस्तान्तरण गर्नु भएको हो ।
सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्रधानाध्यापक नमराज सुवेदीले डेक्स वेन्चको अभावमा विद्यालयका वालवालिकाहरुको पठन पाठनमा समेत प्रभावित भैरहेको वर्तमान अबस्थामा आधुनिक डेक्स वेन्च प्राप्तिले निक्कै सहजता ल्याउने वताउनुभयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जनार्जन शर्माले डेक्स वेन्चको अभावमा समस्या खेप्दै आएका वालवालिकाहरुको पठन पाठनमा सहजता ल्याउनका लागि यस्तो सहयोग गर्न पाएको प्रति खुसी ब्यक्त गर्नुभयो ।
स्थानीय समाजसेवी सुरेन्द्र कुमार वोगटीले विद्यालयमा गरिने यस्ता कृयाकलापले विद्यालय र दातृसंस्था प्रतिको सदभाब बृद्धि हुने वताउनुभयो ।
सो अवसरमा वोल्दै समाजसेवी रन्जना घिमिरेले भुकम्प पछि पुन निर्माण भएका गाउका विद्यालयमा भएको यस्तो सहयोगले निकै अर्थ राख्ने भएकोले पालिकाका अन्य विद्यालयहरुमा पनि यो प्रकारको सहयोग गर्न दातृ संस्थाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष एबं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि वहादुर कार्कीले विद्यालयमा यति मात्र नभएर अन्य सहयोगको पनि खाँचो रहेको भन्दै आगामी दिनमा विद्यालयले जनार्जन फउन्डेसन वाट थप अरु कुराहरुको सहयोगको पनि अपेक्षा गरेको वताउनुभयो । ग्रामिण भेगमा रहेको उक्त विद्यालय भवन निर्माणका लागि पनि समाजसेवी सुरेन्द्र बोगटी र रन्जना घिमिरेले लगाएतले विशेष पहल गर्नु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया