Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

योग,ध्यान तथा मूल्य शिक्षा सम्बन्धी प्रशिक्षण शुरु

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७८, शुक्रबार
in शिक्षा, समाचार, स्थानीय सरकार
0
143
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ मंसिर । मन्थली नगरपालिकाले नगर क्षेत्र भित्रका आधारभूत तह (१–५) का शिक्षकहरुलाई योग,ध्यान तथा मूल्य शिक्षा सम्बन्धी प्रशिक्षण शुक्रवार देखि शुरु गरेको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली,रामेछापको प्राबिधिक सहयोगमा शुरु भएको उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले गर्नु भएको थियो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त कुमार बुढाथोकी,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,ब्रह्माकुमारी सीता दिदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमकका अबसरमा बोल्दै नगर प्रमुख बस्नेतले योग र ध्यानले शिक्षक र बिद्यार्थी हरुलाई पठन पाठनमा सघाउ पु¥याउने बताउनुभयो । उहाले स्थानीय पठ्यक्रमसँगै जोडेर गरिने यो कार्यक्रम यस वर्ष देखि नगर क्षेत्रका सबै विद्यालयहरुमा पुग्ने बताउनुभयो ।
नगर पालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले यस्तो तलिमले बिद्यार्थीहरुलाई अनुसाशन सिकाउन मद्दत गर्नुका साथै विद्यार्थीहरुको शारीरिक,मानसिक स्वास्थ्यमा टेवा पुग्ने बताउनुभयो ।
सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंङ्गेलले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले गरेका रचनात्मक कृयाकलापहरु अरु पालिकाहरुलाई पनि सिकाई हुने हुनाले यस्ता कार्यक्रमहरु पर्याप्त गर्नु पर्ने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरु अरु पालिकाले पनि गर्नु पर्ने कुरालाई जोड दिनुभयो ।
उद्घाटन कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले नगर क्षेत्रका शिक्षकहरुका लागि यो मात्र नभएर अन्य धेरै कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरिरहेको तर अन्य कार्यक्रमका तुलनामा यो कार्यक्रम अझ प्रभावकारी हुने वताउनु भयो । उहाँले तालिममा सिकेका कुराहरुलाई आ–आफ्नो ब्यवहारमा लागु गर्न सके मात्र तालिमको औचित्य हुने बताउनु भयो ।

तीन दिन सम्म चल्ने उक्त तालिममा ब्रह्माकुमारी विष्णु दिदी, ब्रह्माकुमार भरतकुमार श्रेष्ठ,योग प्रशिक्षक रामहरी सुबेदी लगाएतले प्रशिक्षण दिइरहनु भएको छ । तालिममा सामुदायिक र संस्थागत गरी ३९ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।

नगरपालिकाले लगातार ३ बर्ष देखि यो तालिम संञ्चालन गर्दै आइरहेको छ । पालिकाले पहिलो बर्ष नगर क्षेत्र भित्रका माबि तहका २२ वटा, दोस्रो बर्ष माबि र आधारभूत तह (६–८) का गरी ३३ वटा र यस बर्ष सञ्चालन भएको ३९ वटा आधारभूत (१–५) तहका बिद्यालयका शिक्षकहरुलाई तालिम दिए सँगै नगर क्षेत्र भित्रका सबै (७२ वटै) बिद्यालयहरुमा यो तालिम पुग्ने मन्थली नगरपालिकाका शिक्षा अधिकृत सौभाग्य न्यौपानेले कार्यक्रमका अवसरमा जानकारी दिनुभयो ।

Share57Tweet36Share10

Related Posts

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

१७ मंसिर २०७८, शुक्रबार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

१७ मंसिर २०७८, शुक्रबार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

१७ मंसिर २०७८, शुक्रबार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

१७ मंसिर २०७८, शुक्रबार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१७ मंसिर २०७८, शुक्रबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१७ मंसिर २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.