४ असार, २०७६
रामेछाप– रामेछापको सुनपाती गाउँपालिका–४ बेथानमा रहेको कुशेश्वर माविले आफ्नो ६२ औँ वार्षिक उत्सवको मनाएको छ । २०१४ सालमा स्थापना भएको विद्यालयले ६२ औँ वर्ष पार गरेको खुसीयालीमा मगंलबार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने देखि अभिभावकलाई सम्मान लगायतका कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको हो ।
६२ औँ वार्षिक उत्सवमा बोल्दै सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले कुशेश्वर माविमा अहिले भइरहेको अवैज्ञानिक भौतिक पूर्वाधारलाई विस्थापन गरी वैज्ञानिक तरिकाको भौतिक संरचनाको निर्माण गरी प्रविधि युक्त विद्यालय निर्माणमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष लामाले गुणस्तरीय शिक्षा विना समाजको रुपान्तरण नहुने भन्दै गाउँपालिका भित्र रहेका सबै विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सुनापती–४ का वडा अध्यक्ष खड्ग घिसिङले सुनापती गाउँपालिकाभित्रै रहेको डहु मावि जस्तो नमूना हुने गरी सबै विद्यालयहरुले गुणस्तरमा सुधार ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चालिसेले कुशेश्वर माविले सिटिईभिटिई अन्तरगतको बाली विज्ञान विषय ल्याउन सफल भएको र आमगी दिनमा पनि विद्यालयको गुणस्तरीय शिक्षा सुधारमा आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यपक सुनिता चिलुवालले विद्यालयमा भइरहेका कार्यक्रम र आगमी दिनमा गरिने योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो भने लेखापल पार्वती रायले विद्यालयको समग्र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको विद्यालय व्यवस्थापन समितिकी सल्हकार सरस्वती रायले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया