Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रयोगात्मक शुल्क घटाउन नेविसंघको माग

नेपाल अभियान नेपाल अभियान
११ असार २०७६, बुधबार
in शिक्षा
0
116
SHARES
Share on FacebookShare on Twitter

११ असार, २०७६

मन्थली- नेपाल विद्यालर्थी संघ मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस इकाईले स्नातक तहको मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक शुल्क बढी निर्धारण गरेको भन्दै शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

विद्यार्थी संगठनका केही विद्यार्थीहरूलाई मात्रै राखेर शुल्क तोकिएको र अहिले निर्धारण गरिएको शुल्कले विद्यार्थीलाई आर्थिक भार पर्ने भन्दै बिहिबार इकाई अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले तत्काल निर्णय सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्र बुझाएको मितिले तीन दिन भित्र विद्यार्थीहरुको ढाड सेक्ने गरी निर्धारण गरिएको शुल्क तत्काल नसच्याए नेविसंघ क्याम्पस इकाई लगायत विभिन्न विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा जान बाध्य हुने समेत नेविसंघले ध्यानकर्षणपत्रमा उल्लेख गरेको छ ।

अहिले निर्धारण गरिएको शुल्क स्नातक प्रथम वर्षका विद्यार्थीलाई एक हजार पाँच सय, दोस्रो वर्षका विद्यार्थीलाई तीन हजार र तेस्रो वर्षका विद्यार्थीहरूलाई चार हजार रहेको छ । निर्धारण गरिएको शुल्कमा भ्रमणको लागि सबै तहका विद्यार्थीलाई थप एक हजार पनि तिर्नु पर्ने हुन्छ । ध्यानाकर्षणपत्र बुझ्दै क्याम्पस प्रमुख ऋषी कुमार कार्कीले सबै विद्यार्थी संगठ र स्ववियुका पदाधिकारी सहितलाई बोलाएर छलफल गर्ने बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझाउन नेविसंघ मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस इकाईका पदाधिकारी, नेविसंघ रामेछापका सचिब र कोषाध्यक्षको समेत सहभागिता रहेको थियो ।

Share91Tweet10Share3

Related Posts

बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

११ असार २०७६, बुधबार
काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण
देश

काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण

११ असार २०७६, बुधबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

११ असार २०७६, बुधबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

११ असार २०७६, बुधबार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

११ असार २०७६, बुधबार
विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

११ असार २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.