२१ असार, २०७६
रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अब नपढाउने शिक्षकका दिन गएको बताउनुभएको छ । उहाँले जिल्लाभरमा रहेका शिक्षकहरुको गणना गर्दा पठन–पाठनमा ठगी गर्ने धेरै शिक्षकहरु रहेको भन्दैे त्यस्ता शिक्षकहरुको दिन गएको बताउनुभएको हो ।
शनिबार रामेछापको मन्थलीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औैं जिल्ला अधिबेशन पछिको प्रथम जिल्ला परिषदको उद्घाटन समारोहमा बोल्दै नगर प्रमुखले यस्तो बताउनुभएको हो ।
केहि महिना अघि मन्थली नगरपालिकाको शैक्षिक सुधार गर्न आफू लागि पर्दा शिक्षक संगठनमा आबद्ध शिक्षक लगाएत अन्य शिक्षक संगठनले नगरपालिका बिरुद्ध मुद्दा गर्ने काम गरेकोले शिक्षकहरु श्ौक्षिक सुधारमा लाग्न नखोजेको आरोप समेत उहाँले लगाउनुभयो । उहाँले अन्य गाउँपालिका र नगरपालिकाका शिक्षकहरु सरुवा गर्दा केहि नहुने तर मन्थली नगरपालिकाले सरुवा गर्दा अँकासै खसे जस्तो मान्ने परम्परा बेठीक भएको धाराण राख्नुभयो । उहाँले मन्थली नगरपालिकाका ८ वटा बिद्यालयहरु एकीकृत हुने सम्भावना रहेकोले फेरी त्यहा पढाउने शिक्षकहरुलाई मन्थली नगरक्षेत्र भित्रको जुनसुकै विद्यालयमा जान तयारीमा रहन अनुरोध समेत गर्नुभयो ।
उहाँले मन्थली नगरपालिकाका बिभिन्न योजनाहरुमा शिक्षकहरु नै उपभोक्ता समितिमा बसेर काम गर्ने गरेको खुलासा गर्दे यसरी उपभोक्ता समितिमा बसेर काम गर्दा नैतिकता र जिम्मेवारी समेत ख्याल गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
शिक्षक संगठनका अध्यक्ष टेक प्रसाद घिमिरेको अध्यक्षता एबं नेपाल राष्ट्रिय शिक्षक संगठन ३ नं प्रदेशका अध्यक्ष निर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नेकपाका नेता आनन्द श्रेष्ठले संगठनमा आबद्ध शिक्षकहरु अनुशासित, इमान्दार र लगनसिल भए मात्र गुणस्तरीय शिक्षा कायम गर्न सकिने कुरालाई जोड दिनुभयो । नेता श्रेष्ठले आफ्नो माउ पार्टिले गरेका कृयाकलापका बारेमा बिभिन्न टिका टिप्पणी नगर्न पनि अनुरोध गर्नुभयो ।
जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख भरत भट्टराई, शिक्षक संगठनका पुर्ब राष्ट्रिय परिषद सदस्य पबन राज पौडेल, मन्थली माबि मन्थलीका प्रधानाध्यापक टंक प्रसाद दाहाल लगाएतले आ–आफनो धाराण राख्दै शिक्ष हक हितमा शिक्षकसँग सम्बन्धित सबै संगठनहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा ८ वटै पालिका बााट प्रतिनिधिका रुपमा आएका १ सय भन्दा बढि शिक्षकहरुको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया