Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नमूना बन्दै चिसापानीको सामुदायिक अध्ययन केन्द्र

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०७७, सोमबार
in समाचार, समाज
0
158
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–८ चिसापानीमा रहेको भिमेश्वर सामुदायिक अध्ययन केन्द्र जिल्लाकै नमूना केन्द्रका रुपमा विकास हुन लागेको छ ।

२०६४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेनेगरी स्थापना भएको यो अध्ययन केन्द्रलाई नमूना बनाउन केन्द्रका बर्तमान र पूर्ब पदाधिकारीहरु कम्मर कसेर  लागेका छन् ।

भिमेश्वर सामुदायिक अध्ययन केन्द्रले धेरै चुनौतिका बावजुत नीजी भवन निर्माण गरी समुदायस्तरमा राम्रो प्रभाव पार्ने कोशिस गरको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बनाउनुभयो ।

अध्ययन केन्द्र स्थापना पश्चात भण्डै १० बर्ष सम्म चिसापानीको ठुलोचउर स्थित एउटा पुरानो कच्ची घरमा केन्द्र सञ्चालन हुँदै आएको उक्त केन्द्रको भबन बनाउन स्थानीय ध्रुब देवी श्रेष्ठले आफ्ना स्वर्गीय पति गणेश दाश श्रेष्ठको नाममा रहेको जग्गा मध्ये ४ आन १ पैसा ३ दाम जग्गा निःशुल्क दान दिएपछि भवन निर्माणका लागि बाटो खुलेको हो ।

२०७४ सालमा अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्रको पहलमा युनेस्को जापानद्धारा प्राप्त २५ लाख नगद र २ लाख श्रमदान सहित २७ लाखको लगानीमा १ तले ३ कोठे भवन तयार गरी आफ्नै भवनमा अध्ययन केन्द्र सञ्चालन गरिएको थियो । नवनिर्मित उक्त भवनमा रहेका ३ कोठा मध्ये सभाहल,पुस्तकालय र प्रशासनिक कक्ष रहेका छन् ।

केन्द्रका पूर्ब अध्यक्ष मदन प्रासद घिमिरेले दिनुभएको जानकारी अनुसार भवन निर्माण कार्य सकेर कार्यालय ब्यवस्थापन,पुस्तक तथा पत्रपत्रिका खरिद एबं तला थप गर्नका लागि रकम संकलन गर्ने उद्देश्यका साथ आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट प्राप्त रकम,चन्दा संकलन बाट उठेको रकम र तत्कालिन जिल्ला शिक्षा कार्यालय र हालको नगरपालिका समेतले उत्कृष्ठ अध्ययन केन्द्र भनि थप दिएको रकम बाट   हाल दोस्रो तलाको पनि ढलान भैसकेको र चालु अर्थिक बर्षमा खर्चगर्नेगरी माननिय रीता माझीको पहलमा रु २५ लाख रकम परेको जानकारी प्राप्त भएको पनि उहाले बताउनुभयो  ।

चन्दा संकलनका क्रममा हाल सम्म यस सामुदायिक अध्ययन केन्द्रलाई सबै भन्दा बढि  समाजसेवी श्यामकाजी श्रेष्ठले रु १ लाख १३ हजार ६ सय ६० रुपैया प्रदान गनुुभएको पनि उहाले जानकारी दिनुभयो । उहाका अनुसार पुस्तकालयमा हाल ६० लाख मुल्य बरावरका ७ हजार ५ सय भन्दा बढि को संख्यामा पुस्तकहरु रहेका छन् ।

देश बिदेशमा प्रकाशन भएका पुस्तक पत्रपत्रिकाको अध्ययन गर्ने सुबिधा सहित ताजा खबरको जानकारी समुदाय स्तरबाटनै प्राप्त गरी नागरिकहरुलाई सर्बसुलभ ढंगबाट सुसूचित गराउने,बिभिन्न आयमुलक सिपमुलक र सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ स्थापना भएका अधिकांस सामुदायिक अध्ययन केन्द्रको अबस्था भने दयनिय रहेकोछ ।

जिल्लामा कहाँ कहाँ छन त सामुदायिक अध्ययन केन्द्रहररू  ?

१ खिम्ती सामुदायिक अध्ययन केन्द्र लिखु तामाकोशी गा पा

२. सानीमदौ सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

३. महालंगुर सामुदायिक अध्ययन केन्द्र उमाकुण्ड गा पा

४ सूर्यमुखी सामुदायिक अध्ययन केन्द्र गोकुलगंगा गा पा

५ सुनगाभा सामुदायिक अध्ययन केन्द्र      गोकुलगंगा गा पा

६ कमलादेवी सामुदायिक अध्ययन केन्द्र गोकुलगंगा गा पा

६ लालिगुरास सामुदायिक अध्ययन केन्द्र उमाकुण्ड गा पा

८ गोसाई सामुदायिक अध्ययन केन्द्रउमाकुण्ड गा पा

९ सगरमाथा सामुदायिक अध्ययनकेन्द्र लिखु तामाकोशी गा पा

१० देउराली सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

११ सुनकोशि सामुदायिक अध्ययन केन्द्ररामेछाप न पा

१२ समाजसुधार सामुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

१३ जनजागरण सामुदायिक अध्ययन केन्द्रमन्थली न पा

१४ कालिका सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

१५ स्थानापति सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

१६ भीमेश्वर सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

१७ स्थानापति सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

१८ गोल्मास्थान सामुदायिक अध्ययन केन्द्रदोरम्बा गा पा

१९ शैलुङ्ग सामुदायिक अध्ययन केन्द्र दोरम्बा गा पा

२० देवी सामुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

२१ सगरमाथा सामुदायिक अध्ययन केन्द्र सुनापति गा पा

२२ प्रशिद्घ शैलुङ्ग सामुदायिक अध्ययन केन्द्र दोरम्बा गा पा

२३ जनसाहारा सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

२४ सुनापति सामुदायिक अध्ययन केन्द्र सुनापति गा पा

२५ निलकण्ठेश्वर सामुदायिक अध्ययन केन्द्र     मन्थली न पा

२६ सगरमाथा सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

२७ प्रगतिशिल सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

२८ समाजकल्यायण सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

२९ सेतिदेवि सामुदायिक अध्ययन केन्द्र लिखु तामाकोशी गा पा

३० कुभुकास्थली सामुदायिक अध्ययन केन्द्र उमाकुण्ड गा पा

३१ शैलुङ्ग लालिगुरास सामुदायिक अध्ययन केन्द्र दोरम्बा गा पा

३२ लालिगुरास सामुदायिक अध्ययन केन्द्र सुनापति गा पा

३३ ग्रामिण सामुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

३४ सृजनशिल सामुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

३५ दुर्गानदी सामुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

३६ ज्यामकिरी सामुदायिक अध्ययन केन्द्र गोकुलगंगा गा पा

३७ पशुपति सामुदायिक अध्ययन केन्द्र मन्थली न पा

३९ समाज मिलन सामुदायिक अध्ययन केन्द्र लिखु तामाकोशी गा पा

४० भालेपोखरी सामुदायिक अध्ययन केन्द्र सुनापति गा पा

४१ कालिदेवि सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

४२ हिमगंगा सामुदायिक अध्ययन केन्द्र रामेछाप न पा

४३ चण्डेश्वरी सामुदायिक अध्ययन केन्द्र उमाकुण्ड गा पा

४४ पकरवास सामुुदायिक अध्ययन केन्द्र खाडादेवी गा पा

४५ कृष्णवर्णेश्वर सामुदायिक अध्ययन केन्द्र सुनापति गापा

४६ भिमेश्वर सामुदायिक अध्ययन केन्द्र दोरम्बा गा पा

जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले जिल्लामा हाल सम्म ४६ वाटा सामुदायिक अध्ययन केन्द्रहरु रहेको तर सबै सामुदायिक अध्ययन केन्द्रहरु स्थानीय तह गठन भएसँगै सम्बन्धीत पालिकाको मातहतमा गएको बताउनु भयो । आफुले सबै अध्ययन केन्द्रको अवलोकन गरिनसकेको र अबलोकन गरेका मध्ये चिपापानीमा रहेको भिमेश्वर सामुदायिक अध्ययन केन्द्रले भवन निर्माण गरी आफ्नै भवनमा केन्द्र सञ्चालन सहित राम्रो काम गरेकोले यो केन्द्र आफ्नो नजरमा एक नं मा परेको बताउनुभयो ।

उहाका अनुसार यी सामुदायिक अध्ययन केन्द्रहरु सञ्चालनका लागि हरेक बर्ष १ लाखका दरले रकम प्राप्त हुन्छ  । उक्त रकम तलबमा र प्रशासनिक खर्च गर्नु पर्छ । त्यसैगरी मन्त्रालयले उक्त रकमका अलावा हरेक पालिकामा रहेका सामुदायिक अध्ययन केन्द्र मध्ये एक आर्थिक बर्षमा राम्रो काम गर्ने अध्ययन केन्द्रलाई थप २ लाख दिने गरिएको पनि बताउनु भयो ।

उहाले उक्त थप रकम बाट आफ्नो क्षेत्राधिकार भित्र रही आय आर्जनका कार्यक्रमहरु, इ सेवाहरु, सहकारी सञ्चालन,र अन्य सामाजिक कामहरु गर्न सकिने भएपनि जिल्लामा रहेका अधिकांस पुस्तकालयहरुले यस्ता कार्यक्रम गरेको आफुलाई जानकारी नभएको पनि बताउनुभयो ।

 

 

 

 

Share63Tweet40Share11

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१ भाद्र २०७७, सोमबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१ भाद्र २०७७, सोमबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१ भाद्र २०७७, सोमबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१ भाद्र २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१ भाद्र २०७७, सोमबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१ भाद्र २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.