रामेछाप ,२४ फागुन । ११३अाैं अन्तर्राष्ट्रिय महिला दिवसकाे अबसर पाारेर पालिकाहरूले अाैपचारीक कार्यक्रम गरिरहेका बेेला रामेछापकाे मन्थलीका ब्यवसायी महिला हरूले भने यहि फागुन २७ गते हुन गईरहेकाे रामेछाप उध्याेग वाणिज्य संघकाे चुनावमा नविन कुमार थापा मगरकाे नेतृत्वलाई दिनभर मत मागेर मनाएका छन् । अाैपचारीक कार्यक्रमले मात्र महिला हरूकाे अधिकार सुनिश्चित नहुने तर हरेक संघ संस्थामा कृयासिल र अनुभबि नेतृत्व भएमात्र महिलाहरूकाे हक, अधिकार सुनिश्चित गराउन सकिने भन्दै उनीहरूले मन्थली नगरपालिका मिल्ति, देवीटार लगाएतका स्थानहरूमा र लिखु तामाकाेसी गाउपालिकाकाे खिम्ति र हलेदेका पसल पसलमा साे टिम लाइ मत मागेर उनीहरूले उक्त दिवस मनाएका हुन् । मत माग्ने क्रममा उनीहरूले अाफ्नाे समूहकाे प्रतिज्ञा पत्र र मतदान गर्ने तरिका उल्लेख गरिएकाे कार्ड बाडेका थिए । यता मन्थली न. पा . लगाएतका पालिकाहरूले भने अाैपचारीक कार्यक्रमकाे अायाेजना गरी दिवस मनाएकाे थियाे ।
यो बारेमा तपाईको प्रतिकृया