रामेछाप,७ जेठ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको मन्थलीमा सम्पन्न बैठकले जेठको ३० र ३१ गते बृहद जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीले आफ्नो साङ्गठनिक अवस्थालाई मजबुद कायम राख्न उक्त निर्णय गरेको हो
शनिवार बिपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सम्मेलन भन्दा अघि सवै वडामा र दुवै प्रदेशले आ आफ्नो प्रदेश क र ख मा सम्मेलन सक्ने निर्णय गरेको छ ।
दुई दिन सम्म चल्ने सम्मेलनमा पछिल्लो समयमा राजनीतिक सरगर्मी पछिको पार्टीको सांगठानिक अवस्था र विपक्षी दलको भूमिका र त्यसमा पार्टीले निभाउनु पर्ने भूमिका आदीका बारेमा पनि वृहत् छलफल हुने पार्टी सचिव दीपक खड्काले बताउनुभयो ।
साथै बैठकले केही समय अघि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन मन्थली को निर्वाचन र रामेछाप उद्योग वाणिज्य सङ्घको निर्वाचनको समेत समिक्षा गर्नुका साथै दुवै तर्फका निर्वाचित टिमलाई पनि धन्यवाद दिने निर्णय गरेको छ ।
त्यसै गरी दुवै निर्वाचन जिताउनका लागि पर्नु हुने पार्टी सङ्गठनका पदाधिकारी विभिन्न जनवर्गिय सङ्गठनका प्रमुख तथा सबै नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
बैठकमा बोल्ने पदाधिकारी तथा सदस्यहरूले समसामयिक राजनीतिक विषय र विधानतः नेता तथा कार्यकर्ताहरूले गर्नु पर्ने भूमिकाका बारेमा पनि छलफल हुनुका साथै जिल्ला सम्मेलनलाई भव्य र सभ्य ढङ्गले सम्पन्न गर्न सबै तहले सहयोग गर्ने निर्णय गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया