रामेछाप, ३० साउन । पेशागत हक हितका लािग बिभिन्न मागहरु राख्दै देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । यस अघि सरकाले शिक्षकहरुसँग गरेको पटक– पटकको सम्झौता कार्यान्वयन लगाएतका अन्य बिभिन्न २६ बुँदे मागहरु राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । उनीहरु पलिका र जिल्ला स्तरको आन्दोलन सकेर अब प्रदेश स्तरको आन्दोलको तयारीमा जुटिरहेका छन् ।

यसै सन्दर्भमा रामेछाका आठ वटै पलिकामा धर्ना कार्यक्रम सकेर मंगलवार शिक्षा तथा समन्वय इकाइ रामेछापमा पनि धर्ना कार्यक्रम गरेका थिए । धर्ना कार्यक्रमलाई विभिन्न संघ संगठनका शिक्षक नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा अधिकांस शिक्षक नेताहरुले आफ्ना जायज मागहरु सम्बोधन नभए यो भन्दा पनि कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

मंगलवारनै आफ्ना मागहरुको बारेमा शिक्षा तथा समन्वय इकाइ रामेछाप मन्थलीमा आफ्ना मागहरुको जानकारी पत्र समेत शिक्षकहरुले कार्यलय प्रमुख भरत बहादुर भट्टराईलाई बुझाएका थिए ।
नेपाल शिक्षक महासंघ रामेछाप द्धारा आयोजना गरिएको राष्ट्रिय महासंघ को पूर्व घोषित कार्यक्रम अन्तर्गत पालिका र जिल्ला स्तरको कार्यक्रमहरु आयोजना गरिएको शिक्षक महासंघ रामेछापका जिल्ला अध्यक्ष शंकर ढुंगेलले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया