
मन्थली,३० साउन । २०२३ अगस्ट १५ को अवसर पारेर नेपाल–भारत मैत्री संघ जिल्ला शाखा रामोछापले मंगलवार ७७ आंै भारत स्वतन्त्रता दिवस विबिध कार्यक्रमका साथ मनाएको छ ।
शाखाले मन्थली नगरपालिका वडा नं १ मा रहेका श्री नागकन्या मावि गडवारीमा वाल कक्षाका ३१ जना वालवालिकाहरुलाई बिद्युतिय पाटि ( एल सि डि राइटिङ प्याड) वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत गरेको थियो ।
शाखाका अध्यक्ष नारायण दाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा स्थानीय पुर्व शिक्षक नवराज घिमिरे, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,शिक्षक कमला थापा, सो बिद्यालयका वर्तमान प्र.अ। सुमित्रा खड्का, निवर्तमान प्र.अ.बुद्धिराज फुँयाल लगाएतले नेपाल भारत सँगको सम्बन्ध र यो दिवस को औचित्यताका वारेमा आ आफ्नो मन्तब्य राखेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया