मन्थली,३० भदौ । नेपाल शिक्षक संघ, महिला विभाग रामेछापको आयोजनामा शनिवार महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसरमा शुभकाना आदान प्रदान एबं तिज विशेष कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।
शिक्षक संघ महिला बिभागकी संयोजक लक्ष्मी कार्की बुढाथोकीको अध्यक्षता एबं संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अबसरमा,मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष रामहरी पौडेल जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की खड्का प्रमुख अतिथि तामाङ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता पर्वले महिलाहरुको सामाजिक सद्भाव बृद्धि भई एकअर्काप्रतिको सम्बन्ध सुदृढ हुने बताउनुभयो ।
कार्यक्रमको समापन गर्ने क्रममा वोल्दै कार्यक्रमकी अध्यक्ष लक्ष्मी कार्की बुढाथोकीले आफुले पहिलो पटक यस्तो कार्यक्रमको आयोजन गरेकोले यस पटकको सिकाईलाई आत्मसाथ गर्दै सबैको सल्लाह र सुझाव अनुसार आगामी वर्ष देखि हुने यस्ता कार्यक्रमलाई थप प्रभावकारी र ब्यवस्थित गर्ने आफ्नो योजना भएको भन्दै सहभागि सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया