मन्थली,२८ कार्तिक । रामेछापमा पनि नयाँ वर्ष ११४४ लाई स्वागत गर्दै विबिध कार्यक्रम गरी मनाइएको छ ।
उक्त कार्यक्रमका अवसरमा प्रभातफेरी,प्रवचन र साँझ दीप प्रज्वलन गरिएको थियो भने हिजो साँझ मोटरसाइकल र्याली समेत गरेको थियो ।
नेवाः खल रामेछापलले आयोजना गरेको प्रभातफेरीले मन्थली बजारका विभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा कोण सभा गरेको थियो । कोण सभामा डा. सुमन कर्माचार्य,मन्थली माविका पुर्व प्र.अ.गुञ्ज वहादुर श्रेष्ठ लगाएतले वोल्नु भएको थियो । नेवा खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठको अध्यक्षतामा रहेका भएको उक्त कार्यक्रमको अन्त्यमा समय वजी (प्रसादी) ग्रहण गरेर कार्यक्रमको समापन गरिको थियो ।
यो बारेमा तपाईको प्रतिकृया