काठमाण्डौ,३ मङ्सिर । करेन्ट मिडियासँगको सहकार्यमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले आयोजना गरेको “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३” को अन्तिम तयारी पुरा भएको छ ।
आइतवार महासंघले पत्रकार सम्मेलनको अयोजना गरी यहि मंसिर ५ गते देखि ९ गते सम्म हुने सो प्रदर्शनीको अन्तिम तयारी पुरा भएको जनाएको हो ।
महासंघका महासचिब शिब शागर शर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल देशभर फैलिएर पुस्तक,मसलन्द, स्टेसनरी तथा स्पोर्टस्जस्ता शैक्षिक सामग्रीहरूको कारोवारमा संलग्न व्यवसायीहरूको छाता सङ्गठन हो । नेपाल सरकारको प्रचलित नीतिनियमभित्र रहेर गुणस्तरीय सामग्रीहरूको प्रकाशन,वितरण र बिक्रीमा संलग्न रही शैक्षिक उन्नयनमा टेवा पु¥याउने, देशभरका व्यवसायीहरूको हकहितको संरक्षणका साथै सामाजिक दायित्व वहन गर्ने गराउने उद्देश्यका साथ वि. सं. २०६३ देखि विधिवत र सङ्गठितरूपमा अघि बढिरहेको कुरा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनका अबसमार महासङ्घले स्थापनाको पहिलो वर्षमा नै २०६४ मा “सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान” भन्ने नाराका साथ प्रथम पटक बुटवलमा वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न गरेको पठन संस्कृतिको विकास गरी राष्ट्रमा शिक्षित एवं बौद्धिक जनशक्ति वृद्धि गर्ने लक्ष्य पूरा गर्नका लागि “हातहातमा पुस्तक, घरघरमा पुस्तकालय”,“गुणस्तरीय उत्पादन मर्यादित व्यापार, नीति निर्माणमा पहुँच साङ्गठनिक आधार” आदि जस्ता शैक्षिक, सामाजिक नाराका साथ वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको अभियान मेचीदेखि महाकालीसम्म पुर्याएको र २०६४ देखि २०७४ सम्ममा बुटवल, धनगढी, चितवन, पोखरा, झापा, दाङ र नेपालगन्ज गरी वृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका आठओटा संस्करण भव्यरूपमा सम्पन्न गरिसकेको कुरा उल्लेख गरिएकाे छ । महोत्सवका सबै संस्करणहरूमा सर्जक,उत्पादक,आयातकर्ता, वितरक, खुद्रा व्यवसायी, पाठक सबै पक्षलाई एकै ठाउँमा भेला गराई विभिन्न समसामयिक विषयमा छलफल तथा बहस चलाउँदै शिक्षा, साहित्य,कला र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका व्यक्तित्वहरूलाई सम्मानसमेत गर्दै आइरहेको कुरा पनि उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा महासङ्घको पहलमा विभिन्न जिल्ला तथा प्रदेश स्तरमा यस्ता कार्यव्रmमहरू सञ्चालन गर्नुका साथै अन्य सहयोगी संस्थाहरूसँगको सहकार्यमा काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवहरूको सफल आयोजना सम्पन्न गरेको कुरा पनि उल्लेख गरिएको छ भने कोभिड महामारीको विश्वव्यापी प्रभाव,आर्थिक मन्दी आदि कारणबाट यसबिचको अवधिमा केही समयका लागि कार्यक्रमहरु हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा महासङ्घले यस वर्षदेखि आफ्नो अभियानलाई तीव्रता दिने क्रममा महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लि. को संयुक्त आयोजनामा यही मिति २०८० मङ्सिर ५–९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३”आयोजनाको तयारी अन्तिम चरणमा पुगेको कुरा पनि उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सामाजिक रूपान्तणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देश र चीन, अमेरिका, इजिप्ट आदि देशसहित १५ भन्दा बढी देशका प्रकाशक,उत्पादक तथा वितरकहरूको सहभागिता रहने र यस वृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक टे«डिङ कर्पोरेशनलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको कुरा पनि खुलाइएको छ ।
बिज्ञप्तीमा करिब दुई दशकअघिसम्म विदेशी लेखकद्वारा लेखिएर विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी आज हामी देशको एक आत्मनिर्भर व्यवसाय–पुस्तक व्यवसायमा संलग्न रहेको,देशभर करिब बिस हजारभन्दा बढी व्यवसायीहरूको छाता सङ्गठनको रूपमा रहेको महासङ्घको यस महोत्सवका १८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने र महोत्सव राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूका लागि उपयुक्त सल्लाह,सुझाव उपलब्ध गराउने स्थल बन्नुका साथै नेपालका शैक्षिक संस्थाहरू,सामुदायिक तथा संस्थागत विद्यालय, कलेज, शिक्षक,विद्यार्थी, अभिभावक एवं आम पाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा, साहित्य, संस्कृति र सञ्चारको एक सङ्गम स्थल बन्ने आशा र अपेक्षा महासंघ ले दिएको कुरा पनि उल्लेख गरिएको छ ।
करेन्ट मिडियासँगको सहकार्यमा आयोजना हुने यस “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी –२०२३”को २०८० मंसिर ५ गते दिनको १ बजे सम्माननीय प्रमानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट समुद्घाटन जनाइएको छ ।
समुद्घाटन समारोहमा चीन र भारतका महामहिम राजदूतज्यूहरुलाई आमन्त्रण गरिएको र दुवै देशका कुटनीतिक निकायका विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहने जानकारी गराइएको छ । प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात, वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य,संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको जनाइएको छ ।
प्रदर्शनीमा १५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आँकलन गरिएकोले यस महत्त्वपूर्ण महोत्सव सफल बनाउनमा यहाँहरू सबैको साथ,सहयोग र सहकार्य रहनेमा महासंघ विश्वस्त भएको कुरा पनि उल्लेख गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया