मङ्सिर रामेछाप ३ मङ्सिर । उमा कुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थलीमा आफ्नै भाइले प्रहार गरेको खुकुरी बाट दाजु गम्भीर घाइते भएका छन् । घरायसी विवादमा भएको झगडामा भाइ ३८ वर्षीय ओसीराम बस्नेतले दाजु ४९ वर्षीय देवबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका र खुकुरीको चोटबाट दाजु देव बहादुर सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
भाइले हानेको खुकुरी प्रहारबाट दाइ देवबहादुरको दुवै खुट्टामा र दायाँ हातमा गहिरो चोट लागिको र घाइते देवबहादुरलाई स्थानीय स्वास्थ्य चौकीकामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको र निजको ग्रान्डी हस्पिटल काठमाडौँ उपचार भइरहेको छ भने उनको अवस्था भने खतरा मुक्त रहेको जिप्रका रामेछापले जनाएको हो । खुकुरी प्रहार गर्ने भाइ ओसीरामलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया