रामेछाप –शनिवार जिल्ला पार्टि कार्यालय मन्थलीमा सम्पन्न २०ओै जिल्ला कार्यसमितिको बैठक सँगै नेपाली काँग्रेस रामेछापमा देखिएको विवाद सकिएको छ । सभापति पूर्ण बहादुर तामाङले बोलाएको बैठकमा नेतृत्व सँग पूर्ण रूपमा असहमत राख्दै आएको पूर्व सभापति रामचन्द्र खड्का नेतृत्वको समूह पनि बैठकमा सौहार्दपूर्ण तरिकाले सरिक भएको थियो । उत्कर्षमा पुगेको रामेछाप काँग्रेसको विवाद विद्रोही पक्षको सक्रिय सहभागिता सँगै समाधान भएको काँग्रेसका जिल्ला कार्य समितिका प्रभावशाली सदस्य हिमाल ढुङ्गेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो बैठक मर्यादित पूर्ण र साँच्चिकै बैठक जस्तै भएर सकिएको छ । बैठकले यसै गरी निरन्तरता पाउने कुरामा आफू र अन्य साथीहरू आशावादी रहेको पनि उहाँले बताउनू भयो । बैठकमा नेतृत्व सँग असहमत राख्ने पक्षका नेताहरूले पनि सक्रियता र सकारात्मक पूर्वक आ आफ्नो धारण राखेका थिए ।
२७ महिना अघि सम्पन्न पर्टिको जिल्ला अधिवेशनबाट सङ्घीय सांसद एवं वर्तमान सभापति पूर्ण बहादुर तामाङ नेतृत्वमा आए सँगै विभिन्न आरोप सहित पूर्व पार्टी रामचन्द्र खड्काको नेतृत्वमा वर्तमान उपसभापति नवराज थोकर र सचिव विनोद कार्की लगायतका करिब १ दर्जन भन्दा बढी नेताहरूले वर्तमान नेतृत्वको कार्यशैली प्रति असहमति जनाउँदै आएका थिए ।
बैठकले यही मङ्सिर २३ गते पार्टीको महासमिति सदस्यका लागि मन्थलीमा निर्वाचन गराउने मिति समेत तोकेको छ । त्यसै गरी बैठकले निर्वाचनको मिति अगावै दुवै पक्षका नेताहरू सँग बसेर सर्व सम्मत महासमितिको प्रयास गर्नका लागि रामेछाप नगरपालिकाका मेयर एवं पार्टीका पूर्व सभापति लव श्री न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा नेपाली काँग्रेस रामेछापका सल्लाकार कृष्ण महत, सदस्य चिना खड्का, दुवै प्रदेश क्षेत्रीय सभापतिहरू निरोज खड्का र राजेश श्रेष्ठ सदस्य रहेका छन् । उक्त समितिलाई बैठकले महासमिति सदस्यहरूमा सहमति जुटाउने जिम्मेवारी दिएको छ । समितिले मङ्सिर १७ गते सम्म सहमतिको पहल गर्ने र सहमति जुट्न नसकेमा सहमति जुट्न नसक्नुको कारण सहित जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाउनु पर्ने र उक्त प्रतिवेदनका आधारमा मङ्सिर २३ गते महासमिति सदस्यको चुनाव हुने गरी चुनावी प्रक्रिया अघि बढाइने जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको छ ।
नेपाली काँग्रेसको विधान अनुसार ११ सदस्य महाधिवेशन प्रतिनिधिका लागि ५ जना खुल्ला र अन्य ६ जना समावेसीकोटा बाट छनौट गर्नु पर्ने प्रावधान रहेको छ । महासमितिका लागि दुवै पक्षका नेताहरू सहमति नजिक पुगि सकेकोले सहमतिमा आउन सक्ने सम्भावना अत्याधिक रहेको एक नेताले बताए । महा समितिको भाडवण्डामा आ आफ्ना पक्षका मान्छेलाई मिलाउनु पर्ने भएकोले अहिले नेतृत्वको मुख मिलेको भए पनि यो मिलापले दीर्घकालीन निकास पाउने कुरामा भने कार्यकर्ता हरूले आशंक व्यक्त गरेका छन् । त्यसैगरि बैठकले पूर्व जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठलाई जिल्ला सदस्यमा मनोनीत गर्ने सभापतिको प्रस्तावलाई पनि सर्व सम्मत रूपमा अनुमोदन गरेको जानकारी पार्टी सचिव दीपक खड्काले दिनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया