मन्थली, ३० फागुन । राष्ट्रिय भूमी आयोग जिल्ला समिति रामेछापले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । केन्द्रमा सरकारको परिवर्तन संगै आयोग विघठन हुन सक्ने सम्भावनाका आधारमा केन्द्रिय समितिको निर्देशन अनुसार जिल्ला समितिले बुधबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि हाल सम्म भए गरेका प्रगति विवरण सार्वजनिक गरेको हो ।
अघिल्लो सरकारको पालामा नियुक्ति पाएको समितिले जिल्लाका ८ वटै पालिकाबाट संकलन गरेको भूमिहिन दलित,भूमिहिन सुकुम्बासि,अब्यवस्थित बसोबासी संख्या र आफनो कार्य प्रगतिको बारेमा जानकारी गराएको थियो ।
जिल्ला नापी प्रमुख ईन्जिनियर देव कुमार बस्नेतको उपस्थितिमा समितिका जिल्ला अध्यक्ष गौतम कुमार लामाले आफनो प्रगति विवरण सार्वजनिक गर्नुभएकाे हाे । प्रतिवेदनका अनुसार सवै भन्दा वढी अब्यवस्थित बसोवासिका लागि रामेछाप नगरपालिकाबाट १ हजार ३४ जनाको आवेदन परेको छ भने भुमिहिन सुकुम्बासी५जनाको आवेदन दर्ता भएको छ । त्यसैगरी सबै भन्दा कम सुनापति गाउँपालिकामा अब्यवस्थित बसोवासि ६८ जना,भूमिहीन दलित १ र भूमिहिन सकुम्बासी एक जनाको आवेदन परेको छ ।
त्यसैगरी मन्थली नगरपालिकामा अब्यवस्थित बसोवास ४ सय ५१,भूमिहीन सुकुम्बासि ५ र भुमिहिन दलितको संख्या १ जना रहेको छ । त्यस्तै लिखु तामाकोशी गाउँपालिकावाट अब्यवस्थित बसोवस १ सय ९५ जना, भुमिहिन सुकुम्बासि १६ जना र भुमिहिन दलितको संख्या ४ जना रहेका छन् ।
त्यसैगरी गोकुल गंगा गाउँपालिकामा अब्यवस्थित बसोवासिको आवेदन ७ सय ८५, भुमिहिन सुकुम्बासि १२ जना र भुमिहिन दलितको संख्या १ जनाको दर्खास्त परेको छ । त्यस्तै दोरम्बा गाउँपालिकामा अब्यवस्थित बसोवासि १सय ५८, भुमिहिन सुकुम्बासि ११ जना र भुमिहिन दलितको संख्या ६ देखिएको छ । त्यस्तै खाडादेवि गाउँपालिकामा अब्यवस्थीत बसोवासि २ सय ६७, भुमिहिन सुकुम्बासि १२ जना र भुमिहिन दलितको संख्या १ जना रहेको तथ्याँक पनि समितिले सार्वजनिक गरेको हो ।
यो सबै तथ्याङक केन्द्रले तय गरेको मापदण्डका आधारमा वडा स्तरबाटै संकलन गरिएको पनि अध्यक्ष लामाले जानकारी दिनुभयाे । उहााले ८ वटा पालिकाहरुमानै धेर थोर समस्या भएको तथ्याँक कार्यालयले अद्यावधि गरेको भएपनि स्रोत साधन र जनशक्तिका अभावका विच दोरम्बा सैलुङ्ग गाउँपालिकाको दोरम्बा वजार ब्यवस्थापनमा भने समितिले सफलता प्राप्त गरिसकेको जानकारी पनि अध्यक्ष ले गराउनुभयाे ।
जस अनुसार सो पालिका वडा नं २ का २ जना भूमिहिन सुकुम्बासि र २७ जना अब्यवस्थीत बसोवासिहरुलाई भने लाल पुर्जा वितरणको काम मात्र बाँकि रहेको भन्दै यसको सफलताका लागि सरोकारवाला,स्थानिय सरकार र आफनो टीमका सबै सदस्यहरुलाई धन्यवाद पनि दिनुभयाे ।
यो संगै लामो समय देखि अब्यवस्थीत बसोवासका कारण विकासको ओझेलमा रहेको दोरम्बा बजारको आर्थिक सँगै भौतिक विकासमा पनि निकै सहयोग पुग्ने अपेक्षा आयोगले गरेको पनि अध्यक्ष लामाले बताउनुभयाे ।
यस अघि जिल्लामा विभिन्न सरकारका पालामा करिब आधा दर्जन जति समिति बनेको भएपनि त्यस्को ब्यवस्थित तथ्याँक समेत जिल्लामा नभएको अवस्थामा हालको समितिले सबै तर्फको बस्तुगत तथ्याँक संकलन गरि अन लाईनमा प्रविष्ट गराउन पनि समिति सफल भएको जानकारी पनि गौतमले गराउनुभयाे ।
उनहाले भन्नुभयाे – तथ्याँकको प्रविष्ट संगै भावि दिनमा सोहि तथ्याँकका आधारमा बाँकी काम गर्न निकै सजिलो हुने विश्वास पनि जिल्ला समितिले लिएको छ । सबै प्रकृया पुरा गरि स्थानिय सरकार मार्फत डाट संकलन भएकोले अब्यवस्थीत बसोवासी र भूमिहीन,सुकुम्बासी र दलितको संख्या कुनै पनि पालिकाबाट नछुटेको र वाँकी काम तयारी मापदण्डका अधारमा गर्दा यसको समस्या दिर्घकालीन रुपमा समाधान हुने गरि आफनो समितिले काम गरेको दावि पनि अध्यक्ष लामाले पत्रकार सम्मेलनमा गरे ।
यो बारेमा तपाईको प्रतिकृया