Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उज्यालो अभियानः हिमगंगामा बल्यो बत्ती, मिटर बोकेर घर–घर पुग्यो प्राधिकरण

बद्री नयाँघरे बद्री नयाँघरे
२४ पुष २०७६, बिहीबार
in विविध
0
1.5k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्लाका केही ठाउँमा धेरै समय अघि विद्युतीकरण भई बत्ती बलेको भए पनि अधिकासं ठाउँहका नागरिकहरु अझै पनि अधेरोमै बस्न बाध्य रहेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रामेछापले चालु आर्थिक वर्ष भित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने अभियानलाई तिब्र पारेको छ । प्राधिकरणले रामेछाप नगरपालिकाको वडा नम्बर ४ हिमगंगामा विद्युतीकरणको काम अन्तिम चरणमा पुर्‍याएको छ । हिमगंगाको तामाङ चिलाउने र मगर चिलाउनेमा बुधबार देखि बत्ती बाल्न सुरु गरेको छ ।

चाँडै बत्ती बाल्नको लागि मिटर बोकेर घर–घर पुगे नगर प्रमुखर र प्राधिकरण प्रमुख

बर्षौ देखि अधेरोमा रहेका हिमगंगाका नागरिकको घरमा चाँडै बत्ती बाल्नको लागि रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगर र नेपाल विद्युत प्राधिकरण रामेछाप प्रमुख विनोद अधिकारी बुधबार विद्युतको मिटर लिएर नागरिकलाई वितरण गर्न गाउँमै पुगेका थिए । प्राधिकरणले हिमगंगामा विद्युत विस्तारको सबै काम अन्तिम चरणमा पुर्‍याएको र मिटर जडनको काम बाँकी रहेकाले नागरिकलाई प्राधिकरण सम्म आउन समस्या हुने हुँदा वडा कार्यालयको समन्वयमा गाउँमै मिटर लगेर वितरण गरिएको प्राधिकरण रामेछापले बताएको छ । प्राधिकरणले हिमगंगाका पूर्ण रुपमा अशक्त भएका पाँच जनालई वडाको सिफारिसमा निशुल्क मिटर उपलब्ध गराएको छ ।

बिद्युतीकरणसँगै ठूला खानेपानी आयोजना पनि संचालनमा आउँछनः नगर प्रमुख थापामगर

रामेछाप नगरपालिकालाई उज्यालो पालिका बनाउनको लागि आफू निर्वाचित भएर आएदेखि नै विद्युत प्राधिकरण लगायतका निकायसँग समन्वय गरेकै कारण नगरका विभिन्न वडामा बत्ती नपुगका ठाउँहरुमा बत्ती बल्न सुरु गरेको नगर प्रमुख नर बहादुर थापामगरले बताउनुभयो । नगरलाई पूर्ण विद्युतीकरणको लागि पहिलो प्राथमिकतामा राखेर काम गरेकै कारण अध्यारोमा रहेको हिमगंगा अबको केही दिनमै उज्यालो हिमगंगामा परिणत हुने नगर प्रमुख थापामगरको भनाई रहेको छ । त्यस्तै रामेछापको वडा नम्बर ५ रामपुरमा पनि विद्युत विस्तारको काम तिब्र रुपमा अगाडि बढीरहेको उहाँले बताउनुभयो । विद्युत नहुँदा नगरका ठूला खानेपानी आयोजना समेत संचालनमा आउन नसकेको बताउँदै नगर प्रमुख थापा मगरले अब ति आयोजना समेत चाँडै संचालनमा आउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै वडा नम्बर ४ हिमगंगाका वडाध्यक्ष टुपेन्द्र बहादुर तामाङले वडाका सबै घर–घरमा विद्युत पुर्‍याउनको लागि वडा कार्यालय पनि लागी परेको बताउनुभयो ।

आर्थिक वर्षको अन्तिम सम्ममा रामेछाप पूर्ण रुपमा उज्यालो बन्छः प्राधिकरण प्रमुख अधिकारी

जिल्लालाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानले चालु आर्थिक वर्षको अन्तिम सम्ममा सार्थक पाउने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताउनुभयो । जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गर्नको लागि स्थानीय तहसँग पनि समन्वय गरेर काम भईरहेको प्राधिकरण प्रमुख अिधकारीको भनाई रहेको छ । पोल गाड्ने र तार विस्तारको काम सकिएको ठाउँहरुमा गाउँमै गएर विद्युत मिटर वितरणसँगै जडानको काम पनि निरन्तर रुपमा भइरहेको उहाँको भनाई रहेको छ । रामेछापको हिमगंगा र रामपुरमा अबको केही महिनामै पूर्ण रुपमा उज्यालो हुने विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताउनुभयो ।

बत्ती बले पछि गाउँका बेरोजगार युवालाई पनि रोजगार मिल्छ अबः स्थानीय

जिल्लाको अन्य ठाउँमा धेरै समय अगाडि बत्ती बलेको भए पनि आफ्नो गाउँमा भर्खरै बत्ती बलेको बताउँदै तामाङ चिलाउनेका ओम बहादुर मोक्तानले भन्नुभयो –‘धेरै समय अगाडि देखि आफूहरुले बत्ती बाल्नको लागि विभिन्न ठाउँमा पहल गरियो तर बाल्न सकेका थिएनौं, अहिले स्थानीय जनप्रतिनिधिको पहलमा प्राधिकरणले पनि काम अगाडि बढायो अनि बल्ल बत्ती बल्यो । बत्ती बलेकोमा हामी सबै खुसी भएका छौँ । अब हामीले यस गाउँमा विद्युतबाट चल्ने कलकारखाना खोलेर गाउँमा बेरोजगार भएर बसेका युवाहरुलाई पनि रोजगार दिन सक्ने भएका छौं । यो हाम्रो ठूलो उपलब्धी हो ।’

त्यस्तै हिडडुल गर्न समेत नसक्ने मगर चिलाउनेका होम बहादुर मगरले गाउँमै आएर प्राधिकरणले निशुल्क मिटर उपलब्ध गराएको कुरा सुनाउँदै भन्नुभयो–‘ पहिले बत्ती नहुँदा बालबच्चा पढाउन निकै गाह्रो हुन्थ्यो, टुकी बत्तीको साहारामा पढाउनु पथ्र्यो । आफ्नो गाउँमा धेरै समय पछि बत्ती बलेको भएपनि निकै खुसी छु । बत्तीको मिटर लिएर गाउँमै आउने नगर प्रमुख र बिद्युतका सरहरुलाई धन्यबाद ।’

Share1382Tweet58Share16

Related Posts

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२४ पुष २०७६, बिहीबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२४ पुष २०७६, बिहीबार
विविध

रामेछापकाे भुजिमा बलेराे दुर्घटना हुदा चालककाे मृत्यू

२४ पुष २०७६, बिहीबार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

२४ पुष २०७६, बिहीबार
प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह
आधारभूत

प्रजिअलाई कुनै पनि राजनीतिक पार्टी वा सङ्गठनको दवाबमा काम नगर्न कान्छारामको आग्रह

२४ पुष २०७६, बिहीबार
मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत
आधारभूत

मापदण्ड भित्र नचलेका सहकारीलाई कार्वाहि हुन्छ ः बस्नेत

२४ पुष २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.