रामेछाप–रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सवारी चेक जाँचमा कडाई गरिएको छ ।
अत्याबश्यक काम बाहेक पनि सावारी साधन लिएर अनाबश्यक रुपमा ओहोर दोहोर गरेको भन्दै ट्राफिक प्रहरीले सवारी चेक जाँचमा कडाइ गरेको हो ।
बिशेष गरी मोटरसाईकललाई ट्राफिक प्रहरीले बढि निगरानी गरेको छ । अति आबश्यक कामका लागि परिचय पत्र लिएर हिडेका बिभिन्न सरकारी कार्यलय, बैक तथा बित्तिय संस्थाका कर्मचारी, सुरक्षा कर्मी सञ्चारकर्मी
लाई भने छाडिको छ ।
मंगलबार देवकोटा चोकमा गरीको सवारी चेकिङमा अनाबश्यक रुपमा हिडेका करिब ६० वटा मोटरसाईकल लाई कार्वाहि स्वरुप साँचो लिएर होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो ।
उहाले आज कार्वाहिमा परेका सबै मोटर साइकलहरुको नंम्बर टिपेर राखिएको, उनीहरुलाई दिउसो ११ बजे पछि सचेत गराएर छाडिने र अर्कोदिन पनि यसरी हिडेमा जरिवाना समेत काटिने बताउनु भयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा जारी गरी अत्याबश्यक भन्दा बाहेक सबै खाले सवारी साधनहरु सञ्चालनमा रोक लगाएको भएनि बिशेष गरी मोटरसाइकल चालकहरुले यसको बेवास्था गर्दै आइरहेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया