रामेछाप । मुलकभर कोरोनाको संक्रमितहरुको संख्या बढि रहेको बेला रामेछाप जिल्लामा मंगलबार गाउपालिकाका अध्यक्ष सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल रामेछापलेले केहि दिन अघि स्वाब संकलन गरि परिक्षणका लागि पठाएका मध्ये गाउपालिका अध्यक्ष र उनका स्वकिय सचिब, सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार यसरी सक्रमित हुनेहरुमा १ जना ट्राफिक प्रहरी र २ जना जनपथ प्रहरी र १ जना मन्थली नगरपालिका वडा नं २ की प्रहरीको श्रीमति रहेकी छन् । यी सँगै रामेछाप मा कोरोना सक्रमित हुनेहरुको संख्या ४९ पुगेको छ ।
यो बारेमा तपाईको प्रतिकृया