रामेछाप । विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्म जयन्ति नेपाली काँग्रेसका कार्यकर्ताहरुले बुधबार मन्थलीमा रहेको विपी शालिक परिसर सरसफाई गर्नुका साथै शालिकमा माल्यार्पण गरेर मनाएका छन् ।
गिरिजा प्रसाद कोइराला फाउन्डेशनको आगुवाइमा उक्त कार्यक्रम गरिएको हो ।
सो अबसरमा बोल्दै १ सय ४ बर्षिय जहानिया राणा शासन ढालेर जनताको छोरो प्रधानमन्त्री हुने परम्पराको सुरुवात गर्ने लगाएत नेपाली राजनीतिमा ठुलो योगदान दिएका वि.पी लाई सम्झना स्वरुप आफ्नो फउन्डेशनले शालिकमा माल्यार्पण र शालिक परिसरको सरसफाइको कार्यक्रम आयोजना गरिएको गिरिजाप्रसाद कोइराला फाउन्डेशनका अध्यक्ष दिपक खड्काले बताउनु भयो ।
उहाले कोभिड–१९ को महामारीका कारण मुलुक अस्त ब्यस्त भैरहेको बर्तमान अबस्थामा सबैले सचेत भई सामाजिक दुरी समेत कायम गर्नुपर्ने भएकोले ठुलो कार्यक्रमको आयोजना नगरिएको बताउनु भयो ।
सो अबसरमा उहले यो संकटको बेलामा सडकमा निस्केर जनताको समस्या बुझ्न र समाधानका लागि पहल गर्न सक्ने ब्यक्ति नै नेपाली काँग्रेसको असली सिपाही हुने कुरा पनि बताउनु भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया