रामेछाप । ६५ औं प्रहरी दिवसको अबसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी नायव उपरिक्षक बसन्त पाठकको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अबसरमा बोल्दै प्रजिअ शर्माले देश र जनताको सेवाका लागि अहोरात्र खटिने प्रहरीको कार्य प्रति प्रसंसा गदै आफ्नो कर्ममा निरन्तर लागिरहन साथै दबाब, प्रभाब र अभावमा परेर कसैले पनि काम नगर्न अनुरोध गर्नुभयो ।
सो अबसरमा प्रजिअ शर्मा, प्रनाउ पाठक लगाएतका कार्यक्रमका सहभागिहरुले अम्मर प्रहरीको स्तभमा माल्यार्पण गरी श्रद्धान्जली अर्पण गरेका थिए ।
कार्यक्रका अबसरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा सकृय सहयोग गरेबापद सुरेश उदाश,आफ्नो कर्तब्य र भूमिका इमान्दारीता पूर्बक कार्य सम्पादन गरेबापद प्रहरी निरिक्षक टेकेन्द्र पौडेल, लगाएतका बिभिन्न दर्जाका प्रहरीहरुलाई समेत सम्मान एबं पुरस्कृत गरिएको थियो ।
यसैबिच सोहि अबसर पारेर बागमति प्रदेशमा आयोजना गरिएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डे उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित हुनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमार्फत प्राप्त उक्त प्रशंसा पत्र बामगति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले एक सकारोहका बिच उहालाई हस्तान्तरण गर्नुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया