२६ बैशाख, २०७६
रामेछाप– मन्थली माविमा अध्ययनरत छात्रा सुप्रभा सुवेदी, जसले ‘नेतृत्वका लागि जाग, नेतृत्व परिवर्तन र विकासका लागि’ भन्ने विषयमा पाँच मिनेट बोलेर २० हजार पुरस्कार प्राप्त गरेकी छिन् । रामेछाप जेसिसले बुधबार मन्थलीमा आयोजना गरेको ‘रामेछापको आवाज’ जिल्ला स्तरिय वक्तित्व कला प्रतियोगितामा अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम भएर उक्त पुरस्कार जितेकी हुन् ।
प्रतियोगितामा प्रथम भएकी सुवेदीले जेसिसको एरिया सि अन्तरगत २२ जिल्लाबाट उनी जस्तै प्रथम भएर गएकाहरुसँग बैशाख २७ र २८ गते नुवाकोटमा प्रतिस्पर्धा गर्ने छिन् । प्रतियोगितामा कर्कलादेबी अग्रेजी बोर्डिङ स्कुलका छात्र कौशल कार्की द्वितीय, तामाकोसी अग्रेजी आवासिय विद्यालयका छात्रा मनिषा शिवा तृतिय र मन्थली माविका रेजन बुढाथोकीले सान्त्वना भएका छन् ।
प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गराएको छ ।
कार्यक्रम रामेछाप जेसिस २०१९ का अध्यक्ष जेसी राजकुमार के.सी.को अध्यक्षता, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खढ्काको प्रमुख आतिथ्यता तथा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत र रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा जेसिस रामेछापले प्रकाशन गरेकाे भित्ते पत्रो समेत बिमोचन गरिएको थियो । जेसिसद्वरा प्रकाशन गरिएकाे भित्ते पात्रोमा बिधिको शासनलाई पालना गर्ने कुरा देखि रामेछापका सबै स्ठानीय तहका प्रमुख र उपप्रमुख लगायतको सम्पर्क नम्बर समेत समेटिएकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया