Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका प्रमुख जिल्ला अधिकारी नै वजार अनुगमनमा निस्किएपछि …..

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ माघ २०७७, सोमबार
in विविध
0
143
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ माघ । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाँई र प्रहरी नायव उपरीक्षक नवराज ढुंगानानै मन्थली वजार अनुगमन गर्न निस्किएपछि मन्थलीका ब्यवसायीहरू अचम्मित भएका छन् ।

आफ्ना सहयोगी कर्मचारी र यस अघि वजार अनुगमन मा नियमित सहभागि हुने विभिन्न कार्यालय र संघ संस्थाका प्रतिनिधिहरु सहित अनुगमनमा निस्कनुभएका प्रजिअले चोकमा रहेको एक पसलमा अगाडि उभिएर भन्नुभयो–साहुजी तपाइको पसलको कागजपत्र देखाउनुस त ।
साहुजीले छंक पर्दै आफ्ना कागजपत्र प्रजिअ लाई दिनुभयो ,उहाले आफुले हेर्नुभयो अनि सहायोगि कर्मचारीहरुलाई हेर्न दिनुभयो ।
त्यसपछि भन्नुभयो– “साहुजी म तपाइको पसल भित्र आउन सक्छु ?” साहुजीले भन्नुभयो– “हुन्छ सिडियो साप आउनु न ।” उहाले पसलमा राखेका समानहरुको प्रयोग गर्न योग्य मिति हेर्दै सहयोगी कर्मचारीलाई भन्नुभयो – म्याद गुज्रेका समामग्रीहरू छन भने लैजाउँ है ।

त्यसपछि अर्को चिया पसलमा छिर्नुभयो, पाउरोटी, केकको मिति हेर्नु भयो , फ्रिज खोल्न लगाउनु भयो, फ्रिज भित्र लस्सी वनाउने मदानीमा खिया लागेको फलामको काटी भेटेपछि ब्यपारीलाई गाली गर्नु भयो र पत्रकारहरुलाई देखाउदै भन्नुभयो –“साथी हो लौ हेर्नुस उहाले कति गैर जिम्मेवार काम गर्नु भएछ ।” साहुजी लाई भन्नुभयो– “यो मदानी फेरीहाल्नुस नत्र तपाइलाई कार्वाहि हुन्छ ।”
यसैगरी एक पछि अर्को पसलमा अनुगमन गर्ने क्रम जारी राखेर केहि पसलहरुको अनुगमन पछि प्रजिअ कार्यालय फिर्ता हुनुभयो । अनुगमन पछि उहाले भन्नुभयो – “ब्यवसायीहरूले अखाद्य वस्तु बिक्री नगरुन र कालोवजारी नहोस भन्ने उद्देश्यले छड्के अनुगमन गरिएको र अनुगमनका क्रममा केहि पसलहरुबाट म्याद नाघेका सामाग्रीहरु वरामद गरिएको छ । कमी कमजोरी गर्ने ब्यवसायीहरूलाई सम्झाई वुझाई गरिएको छ ।” प्रशासनले सोमावर २ वटा टोली वनाएर मन्थली वजारको अनुगमन गरेको थियो ।
यस अघि कहिले सहायक प्रजिअको नेतृत्व त कहिले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखको नेतृत्वमा हुने गरेको वजार अनुगमनमा प्रमुख जिल्ला अधिकारी नै पहिलो पटक बजार अनुगमनमा हिडेको देख्दा आफुलाई अचम्म लागेको लामो समय देखि मन्थली वजारमा किनारा पसल सञ्चालन गर्दै आउनु भएका ब्यवसायी रामहरी उप्रेतीले वताउनुभयो ।

Share57Tweet36Share10

Related Posts

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१९ माघ २०७७, सोमबार
मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो
विविध

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो

१९ माघ २०७७, सोमबार
माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी
देश

माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी

१९ माघ २०७७, सोमबार
आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा
विविध

आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा

१९ माघ २०७७, सोमबार
विविध

११३अौ अन्तर्राष्ट्रिय महिला दिबसका अबसरमा भाेट माग्दै मन्थलीका ब्यवसायी महिलाहरू

१९ माघ २०७७, सोमबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

१९ माघ २०७७, सोमबार

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.