रामेछाप १८ चैत । तामाङ समुदायको भावना,विश्व शान्तिको कामनाको भनाईलाई सार्थक बनाउँदै मन्थली नगरपालिका वडा नं –११ काउलेमा बसोबास गर्दै आएका तामाङ समुदायका मानिसहरूले गेलुमा ६ दिन लगाएर ५६ लामागुरू द्वारा विश्व शान्ति पुजा गरेका छन् ।
उनीहरूले पछिल्लो समयमा देशमा बढ्दो रोग ब्याधि, बायू प्रदुषण, परिवार र समाजका मानिसहरूमा बढ्दो बेमेल आदिका कारण सृजित कर्महरूलाई निरुत्साहित गर्दै समाजमा मेल मिलाप र सद्भाब कायम होस भन्ने मुल उद्देश्यका साथ स्थानीय तामाङ समुदायका मानिसहरूले जिल्लामा पहिलो पटक विश्व शान्ति पुजा गरेका हुन् ।
त्यसका लागि उनीहरुले राजधानी काठमाडौबाट २२ जना र दोलखा, काभ्रे सिन्धुपाल्चोक र रामेछाप जिल्लाको समेत गरी ५६ जना लामा गुरुद्धवारा विश्व शान्ति पुजा गरिएको थियो । गत चैत्र १२ गते बाट शुरु भएको उक्त पुजा दैनिक विहान ७ बजेबाट सुरु भई बेलुकी ७ बजे सम्म चलेको थियो । उक्त पुजाका लागि स्थानीयहरूले,आफ्नो हैसियत अनुसारको चन्दा रकम प्रदान गरेका थिए । विधिबत ढंगले प्रकृया पुर्याएर विश्व शान्तिको कामना सहित गरिएको उक्त महायज्ञमा करिब ६० लाख रुपैयाँ खर्च भएको आयोजक समितिका सदस्य जित बहादुर तामाङले जानकारी दिनुभयो । उक्त विषेश पुजामा आएका हजारौ भक्तजनहरूलाई निःशुल्क खान र बस्नको समेत ब्यवस्था गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया