रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । मन्थली प्राथमिक स्वास्थ केन्द्र संगैको आकाशे खेलमैदानमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको विहिबार मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सिलान्यास गर्नु भएको छ ।
आफनो सिलान्यास मन्तब्यका क्रममा बोल्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले आफनो राजनितिक र सामाजिक यात्रामा आजको दिन आफना लागि जिन्दगिको सबै भन्दा खुसीको दिन भएको र उक्त यात्रामा सहकार्य गर्न पाउँदा आफुलाई निकै खुसि लागेको बताउनु भएको छ । सदरमुकाममा रहेको अहिलेको अस्पतालले सर्वसाधारणलाई संन्तोष ढंगले सुविधा दिन नसकेको अवस्थामा बन्न लागेको यो अस्पतालको निर्माणले रामेछाप वासीले उपचारका लागि राजधानी धाउन नपर्ने भएकोले पनि अस्पतालको निर्माण अभियानले आफुलाई उत्साहि वनाएको उहाँको विश्वास रहेको छ ।
भारतिय राजदूताबासको ९ करोड ३२ लाख ५० हजारको लागतमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्र समेतलाई स्तरोन्नति गरि १५ शैयाको नमूना अस्पताल बनाउन लागिएको सो अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई मन्थली मार्फत बन्न लागेको हो । उक्त भवन २०७९ मंसिर ३० गते सम्पन्न गर्ने गरी गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको र उसले समयमानै काम सम्पन्न गर्ने जानकारी पनि सो अबसरमा गराईएको थियो । अस्पताल भवनको सिलान्यास पछि मन्थली नगरबासिमा खुसियाली छाएको स्थानियहरुले बताएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया