रामेछाप १२ असोज । जिल्ला बजार अनुगमन समितिले मंगलबार मन्थली बजार अनुगमन गरेको छ । समितिले नजिकिदै गरेको बडा दशैमा ब्यापारहुन सक्ने मिसावट,म्याद नाघेको खाद्य सामाग्रिको बिक्रि तथा कानूनी प्रकृया पसल तथा होटलहरुको अबस्थाका बारेमा बुझदै ब्यापारी तथा उपभो्क्ता हरुलाई सचेत गराउन बजार अनुगमन गरेको हो ।
जिल्ला घरेलु तथा साना उद्योग समितिका प्रमुख मेघनथ गौतमको नेतृत्वमा खटिएको टोलीले आकस्मिक रुममा बजार अनुगमन गरेको थियो । स्थानिय देबकोटा चोकबाट बजार अनुगमन शुरु गरेको टोलीले साँभ सम्म्मा २९ वटा होटल तथा पसलको अनुगमन गरेको थियो ।
बजार अनुगमन गर्दा ७ वटा तरकारी तथा खुद्रा पसलहरु दर्ता प्रक्रियामा नगएको पाईएको थियो । सो क्रममा टोलीले एउटा पसलमा एक दिन अघि म्याद सकिएको च्युरा २० केजि फेला पारेको थियो । त्यस बाहेक अनुगमन गरिएका पसल तथा होटलहरुमा खासै अबैध काम भएको भने नपाईएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा नासु लक्ष्मण भुजेलले जानकारि दिनुभयो । उहाँले भन्नुभयो हामिले आज साना तथा तरकारी पसलमा मात्र अनुगमन गरेकोले पनि उनिहरुमा धेरै समस्या नभेटिएको हुन सक्ने अनुमान गर्नू भयो ।
आजको अनुगमनमा यस अघि ब्यापारीहरु बाट हुने गरेका कमि कम्जोरीमा पनि सुधार आाएको पाईएकोले कसैलाई पनि कानुनि पक्रियामा लैजानु नपरेको र दर्ता प्रकृयामा नगएका हरुलाई तत्त्काल प्रकयामा जानका लागि समय दिईएको पनि टोलीका संयोजक तथा जिल्ला घरेलु तथा साना उद्योग समितिका प्रमुख मेघनथ गौतमले जानकारि दिनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया