रामेछाप । प्राप्त निर्वाचन परिणाम अनुसार सोमबार दिउँसो सम्ममा खाँडादेवि गाउँपालीका भन्दा बाहेक सबै गाउँ जिल्ला भरिको निर्वाचन परिणाम आईरहेको छ । जस अनुसार अहिले सम्ममा रामेछाप जिल्लाको २२ वटा वडाको नतिजा सार्वजनिक भएको छ । परिणाम अनुसार नेपाली कांग्रेसले मन्थली नगरपालीकाको वडा नं १ र १२,रामेछाप नगरपालिकाको १ ३ र ४ गोकुल गंगा गाउँपालिकाको १,२ र ४, सु्नापति गाउँपालीकाको वडा नं १ गरि ९ वटा वडामा निर्वाचित भएको छ । त्यसैगरि ,नेकपा एमालेले ८ वटा वडामा र नेकपा एमाओवादीले ५ वटा वडामा अध्यक्ष पद हात लाउन सफल भएको छ ।
मुख्य निर्वाचन कार्यालय बाट प्राप्त तथ्याँक अनुसार एमालेले मन्थली नगरपालीकाको २, १३ र १४ गोकुलगंगा गाउँपालीकाको ३ र ४,दोरम्बा शैलुडको १,लिखु तामाकोशीको १ र उमाकुण्डको २ वटा वडा गरि ८ वटा वडा र नेकपा एमाओवादी केन्द्रले रामेछाप नगरको २,दोरम्बाको २,सुनापतिको २ र ५ उमाकुण्ड गाउँपालिकाको २ नं वडा सहित ५ वटा वडाको अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको छ ।
त्यसैगरि खाँडादेवी बाहेक अन्य पालीकामा पनि मत परिणाम आउने क्रमले तिब्रता पाएको छ । जस अनुसार सबैजसो पालीकामा नेपाली कांग्रेस र एमाले विच प्रतिस्पर्धा भएपनि दोरम्बामा नेकपा माओवादी र नेपाली काँग्रेस र सुनापति गाउँपालिकाम भने एमाले र गठबन्धनका उमेद्वार वीच प्रतिस्पर्धा भई रहेको छ । हाल सम्मको नतिजा अनुुसार मन्थली नगरपालीकाको प्रमुखमा एमालेको ३ हजार ७ सय ५५,नेपाली काँग्रेसले ३ हजार ३ सय ३१ मत प्राप्त गरेको छ । त्यसैगरि रामेछाप नगरपालीकामा नेपाली काँगे्रसको २७ सय ७ र एमालेको २६सय ९९ सय मत प्राप्त भएको छ ।
त्यस्तै लिखु तामाकोशि गाउँपालीकामा एमालेले १५ सय १७ र नेकाले १४ सय ८९ मत प्राप्त गरेको छ । दोरम्बा गाउँपालीकामा माओवादी तर्फ २ हजार ७ र एमालेले १९ सय ५७ मत प्राप्त गरेको छ । गोकुल गंगाको प्रमुखमा नेकाले ५ हजार ४ सय १४ र एमालेले ४ हजार २ सय २५ मत प्राप्त गरेको छ । त्यस्तै उमाकुण्डको प्रमुखमा नेकाले १२ सय ९ र एमालेले ११ सय ५६ मत प्राप्त गरेको छ । यद्यपि सबै पालीकाको मत गणना जारी रहेकोले सबैको पुर्ण विवरण भने आईसकेको छैन् ।
६ वटा गाउँपालीका र २ वटा नगरपालीका रहेको रामेछाप जिल्लाको खाँडादेवी गाउँपालीकाको वडा नं १ को राकाथुममा ३० गतेको निर्वाचन स्थगित भएका कारण सो पालीका सोमबार विहान देखि मतदान भईरहेको र मतदान शान्तिपुर्ण ढंगले भईरहेको छ बाँकि रहेका अन्य पालीकामा मत गणनाको काम भईरहेको र गणनाको काममा भएको ढिलाई हेर्दा परिणाम आउनका अरु केहि दिन लाग्ने अनुमान गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया