Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाबियाखर्क साकोसको मुनाफा १ करोड ८ लाख ७६ हजार

बद्री नयाँघरे बद्री नयाँघरे
१ आश्विन २०७९, शनिबार
in विविध
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १ असोज । काठमाडौ महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले आब २०७८÷७९ मा कुल १ करोड ८ लाख ७६ हजार २ सय ८८ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । आफनो २६ औ वार्षिक साधारण सभाका अबसरमा उसले आफनो बार्षिक प्रगति प्रतिबेदन मार्फत उक्त कुराको बारेमा जानकारी गराएको हो । आफना सयौ शेयर सदस्यहरुका रोहबरमा उसले शनिबारको साधारण सभाका अबसरमा एक भब्य र सभ्य कार्यक्रमका विच उक्त विवरण सार्वजनिक गरेको हो ।
“समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्था” भन्ने मुल नाराका साथ समुदायमा आधारित भएर काम गर्दे आएको बाबियाखर्क साकोसले २६ औ बर्ष सम्म आईपुग्दा आफनो संस्थागत तथा आर्थिक विकासको क्षेत्रमा निकै ठुलो उपलब्धि हासिल गरेको छ । जस अनुसार साकोसले २०७९ आषाढ मसान्त सम्ममा आइपुग्दा केन्द्रिय कार्यालयको अलाबा जोरपाटीमा समेत सदस्य सेवा केन्द्र समेत संचालनमा ल्याएको छ ।
हाल ४ हजार १३ शेयर सदस्यहरु मार्फत नियमित बचत तथा क्रणको कारोबार गर्दे आएको उक्त संस्थाले ४६ करोड ८२ लाख ६४ हजार पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको जानकारी पनि सो अबसरमा गराईएको थियो ।
कार्यक्रमका अवसरमा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन,संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरीवेक्षण प्रतिवेदन मार्फत संस्थाले गरेको प्रगति तथा गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।
तीन वटै प्रतिवेदनहरुमा साकोसले प्रदान गर्ने सेवालाई प्रतिस्पर्धि र गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरिदै आएको र आगामि दिनमा पनि थप सुधारका लागि शेयर सदस्य हरु समक्ष आग्रह गरिएको थियो ।


प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कडेलले पानसमा दीप प्रज्वलन गरी उद्घाटन् गर्नु भएको २६औ वार्षिक साधारण सभाको उद्घाटन् मन्तब्यमा उहाँले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्नुहुदै सहकारी संस्थाहरुले प्रदान गर्ने सेवाहरुले नेपालको गरिबि निवारण तथा उत्पादनमा र सदस्यलाई स्वरोजगार बनाउने तर्फ केन्द्रीत हुन पर्ने कुरामा जोड दिनु भयो । सो अबसरमा उहाँले यस अभियानमा बावियाखर्क साकोसले खेलेको भूमिकाको प्रशंसा पनि गर्नु भएको थियो ।
उहाँले बाबियाखर्क साकोसले समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा यसले अझै सदस्यमुखी कार्यक्रम गरि सदस्यको विश्वास जितेर गुणस्तरीय सेवा प्रदान गर्न पनि सुझाव दिनु भएको थियो ।

त्यसै गरी विशिष्ट अतिथिका रुपमा नेफ्स्कूनका महासचिब दामोदर अधिकारी र रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपानेले पनि बावियाखर्कले सहकारीको विकासमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमका अबसरमा रामेछाप नगरपालिकाको नगरप्रमुख लबश्री न्यौपानेलाई पनि सम्मान गरिएका ेथियो ।
संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा संस्थामा आब २०७८।७९ मा विभिन्न बिधाहरुमा योगदान पुर्याउने शेयर सदस्य तथा कर्मचारी हरु समेत लाई सम्मान समेत गरिएको थियो ।

Share13Tweet8Share2

Related Posts

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान
विविध

नेपाल शिक्षक संघ,महिला विभाग द्वारा शुभकामना आदान प्रदान

१ आश्विन २०७९, शनिबार
क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न
विविध

क्यान महासंघ रामेछापको चौथो बार्षिक साधारण सभा सम्पन्न

१ आश्विन २०७९, शनिबार
श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम
विविध

श्रीकृष्ण जन्माष्टमीको अवसमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा विबिध कार्यक्रम

१ आश्विन २०७९, शनिबार
डा. शशांक मन्थली आउदै …….
राजनीति

डा. शशांक मन्थली आउदै …….

१ आश्विन २०७९, शनिबार
प्रेस  युनियन  रामेछापकाे अधिबेशन सुरु
विविध

प्रेस युनियन रामेछापकाे अधिबेशन सुरु

१ आश्विन २०७९, शनिबार
राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र
विविध

राप्रपाले बुझायो प्र.जि.अ.लाई ज्ञापन –पत्र

१ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.