रामेछाप,२४ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा खटिएका शिक्षकहरु नजाने भएका छन् ।
सो कुराको जानकारी विहिवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी गराइएको हो ।

नेपाल शिक्षक महासंघ रामेछापले विहिवार जारी गरेको ध्यानाकर्षण पत्रमा निर्वाचनमा खटाइएका शिक्षकहरुको मान मर्यादा क्रमलाई बेवास्ता गरी मान मर्दन तथा अपमान समेत गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनका क्रममा जनाएको हो ।
महासंघका अध्यक्ष राम बहादुर श्रेष्ठद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा शिक्षकको मर्यादा क्रमको बिषयमा पटक –पटक निर्वाचन आयोगलाई ध्यानाकर्षण तथा ज्ञापन पत्र मार्फत जानकारी गराइसकिएको भएपनि सो को वेवास्था गरी गरिएको खटन पटन प्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कर्मचारी खटाउने सूचिमा शिक्षको मर्यादा क्रमलाई ध्यानमा राखि परिमार्जन गर्नको लागि अनुरोध गरिएको तर उक्त अनुरोधलाई नमानि वर्तमान सूचिलाई नै कामय गरी पठाउन खोजेको खण्डमा शिक्षकहरु अपमानित भएर यस निर्वाचन कार्यमा सघाउन नसक्ने कुरा पनि यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराईने कुरा उल्लेख गरिएको छ
ध्यनाकर्षण पत्र पढ्दै शिक्षक महासंघका अध्यक्ष श्रेष्ठले भन्नुभयो– निमावि दोस्रो श्रेणी को शिक्षक जो उप सचिव सो सरह हुन्छ उसलाई सहायक मतदान अधिकृत र निजामति कर्मचारीको ना सु सो सरहको ब्यक्तिलाई मतदान अधिकृत वनाइएको, प्रवि प्रथम तहको शिक्षकलाई सहायक कर्मचारी वनाइएको (जसले मावि तृतिय श्रेष्णीको तलब खान्छ) ले शिक्षकहरुको मान मर्दन भएको बताउनुभयो ।

उहाले भन्नुभयो “मलाई पनि मतदानमा सहायक कर्मचारीका रुपमा खटाइएको छ तर म महासंघको अध्यक्ष भएका कारण मैले मेरो नाम हटाई पाँउ भनि निवेदन दिएको छु, म कुनै हालतमा पनि जान्न ।
सो अबसरा बोल्दै नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले ,मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिक्षकहरुलाई अपहेलना गरेको भन्दै यो निर्णय नसच्याए शिक्षक संघका कुनै पनि शिक्षकहरु खटाएको ठाउमा नजाने बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले आफुहरु अन्यायमा परेको शिक्षकहरुको पक्षमा रहेको भन्दै त्यति मात्र नभएर अस्थायी शिक्षकहरु नखटाउने भनेको कार्यलयले सम आ वि डुम्रीखर्कका सबै अस्थायी शिक्षकहरुलाई खटाएकोले अस्थायी शिक्षकहरुमा पनि कार्यालयले विभेद गरिरहेको बताउनुभयो । रामेछापमा करिव ६ सय भन्दा बढि शिक्षकहरु निर्वाचनका लागि खटाइएको छ । जिल्लामा ९६ मतदान स्थलका २२६ मतदान स्थलहरु रहेका छन् ।

यो बारेमा तपाईको प्रतिकृया