Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको नवौ स्थापना दिवस,परिवर्तन देखिने खालका काम गर्न सरोकारवालाको सुझाव

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०७९, शुक्रबार
in विविध, समाचार, स्थानीय सरकार
0
56
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १६ मंसिर । मन्थली नगरपालिकाको नवौं स्थापना दिवस शुक्रवार मन्थलीमा मनाइएको छ । नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नगरप्रमुख आफैले गर्नुभएको थियो ।
कार्यक्रमका अबसरमा नगर प्रमुख श्रेष्ठले आफु निर्वाचित भएर आएदेखि हाल सम्म गरेका बिविभन्न कार्यक्रमहरुको वारेमा जनाकारी गराउनुका साथै नगरको भावि योजनाका बारेमा प्रस्तुत गर्नु भएको थियो ।
मन्थली नगरपालिकाले आफ्नो स्थापना दिवश मनाउने क्रममा आयोजित कार्यक्रमका अधिकांस बक्ताहरुले नगरले गरेका कामहरु सन्तोषजनक नभएको बतएका थिए ।
कार्यक्रमका अबसरमा बोल्दै मन्थली नगरपालिकाकी उप–प्रमुख इश्वरी बस्नेतले आफुहरु निर्वाचित भएर आएको धेरै नभएकोले नगरले गरेका कामहरुको उपलब्धी नदेखिएको भन्दै अबका दिनहरुमा नगरले उपलब्धी देखिने खालका कार्यक्रमहरु गर्ने बताउनुभयो ।

सो अबसरमा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नगरको समग्र बिकासका लागि मन्थली नगरपालिका लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अबसरमा नेकपा एमालेका नगर अध्यक्ष रामवाबु घिमिरेले समपुरक योजनाहरु र यस अघि सुरु भएका योजनाहरु समेत नगरको नव निर्वाचित समुहले पुरा गर्नुृपर्ने दायित्व रहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा नगरका १ ÷२ वटा वडा भन्दा वाहेक अन्य वडामा सामान्यखालका धुले सडक मात्र रहेकोले सडको स्तरोन्नत्ति र कालोपत्रे तर्फ पनि नगरको ध्यान जानुपर्ने नेपाली काँग्रेसको नगर उपसभापति योगेन्द्र श्रेष्ठले सुझाव दिनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै नेपका माओवादी केन्द्रका नगर उपाध्यक्ष दिपक राज प्रसाईले नगर भित्र भएका खेति योग्य जमिन सर्वसुलभ सिंचाइको अभावमा उत्पादन भन्दा लागत बढि हुने कारणले कृषकहरुले आफ्नो जमिन वाझो राख्न बाध्य हुनु परेकोले नजिकै वगेको तामाकोशी को पानीलाई सहज ढंगबाट सिंचाई गर्ने सुबिधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेकपा एसका नगर नेता विकास पुलामीले नगरका १४ वटै वडालाई हरेककुराले सुबिधा सम्पन्न गराउनु पर्ने कुरालाई जोड दिनुभयो ।
राप्रपाका जिल्ला नेता शिवजी घिमिरेले नगरपालिका स्थापना भएको ९ बर्ष पुग्दा पनि सवै वडा कार्यालय भवन नवनेको, एम्बुलेन्स र दमकल चल्ने सडक हाल सम्म पनि नभएको,ं शिक्षा स्वास्थ्यको अबस्था नाजुकक रहेको र नगर भित्र पनि भुँडि पाल्ने र फाल्नेको प्रतिस्पर्धा कायम रहेको वताउनुभयो । कार्यपालिका का सदस्य एबं मन्थली नगरपपालिका वडा नं –७ का वडा अध्यक्ष भुवनहरी प्रसाईले नगरले कामै गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाले नगद्धारा डिपिआर गरेका सडकका कामहरु त्यसै रहेको, अरुपालिकामा पर्याप्त आउने रसायनिक मल यस नगरपालिकाले ल्याउन नसकेको र शिक्षा स्वास्थ्यको क्षेत्रमा पनि खासै उलेख्य काम गर्न नसेको बताउनभयो । न
कार्यक्रमका अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्रि नयाँघरेले नगरका अधिकांस समाचारहरु उद्घाटन गरेको र बैठक तथा गोष्ठी गरेको मात्र बढि लेख्ने अबसर पत्रकार हरुले प्राप्त गरेको तर एउटा दलित र जनजातिको सफताको कथा लेख्ने अबसर प्राप्त नभएकोले अब सफलताका कथा लेख्ने अबसर प्राप्त हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
सो अबसरमा बोल्दै गैसस महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रत्न प्रसाद कँडेलले मन्थली नगरले धेरै कर लिने गरेको,नगरको पाश्र्वचित्र (प्रोफाइल) अझै नवनेका आरोप लगाउनुभयो ।
कार्यक्रका अबसरमा बोल्दै रामेछाप उद्योग बाणिज्य संघ का अध्यक्ष केशब घिमिरेले मन्थली नगर पर्यटकिय संभावना वोकेको नगर भएकोले यहा धेरै भौतिक संरचनाहरु बनाउन आबश्यक रहेको बताउनुभयो ।
मन्थली न पा वडा नं–७ का वडा अध्यक्ष एबं कार्यपालिका सदस्य भुवनहरी प्रसाईले मन्थली नगरले अरु पालिका जसरी रसायनिक मल उपलब्ध गराउन नसकेको, अहिलेको सिजनमा गहुँको बिउ उपलब्ध गराउन नसकेको र शिक्षा र स्वास्थ्यमा पनि प्रभावकारी सेवा दिन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रमका अबसरमा २०७८ को एस इ इ मा उत्कृष्ठ अंक ल्याउने मन्थली मावि र सो बिद्यालयका छात्र छात्राहरु लगाएत अन्य बिभिन्न बिधामा उल्लेख्य कामगर्नेहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
२०७१ सालमा साविकका ७ वटा गाविस लाई समेटेर स्थापना गरिएको मन्थली नगरलाई राज्य पुनरसंरना पश्चात २०७३ सालमा साविकका ११ वटा वडालाई समेटर नगरपलिका को स्थापाना गरिएको थियो ।
२ सय ११ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकामा ४० हजार २ सय ३० जना नागरिक बसोवास गर्छन ।

Share22Tweet14Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

१६ मंसिर २०७९, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

१६ मंसिर २०७९, शुक्रबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

१६ मंसिर २०७९, शुक्रबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१६ मंसिर २०७९, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१६ मंसिर २०७९, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१६ मंसिर २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.