Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

योग साधना र उपयुक्त समय  

नेपाल अभियान नेपाल अभियान
५ असार २०८०, मंगलवार
in विचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
168
SHARES
Share on FacebookShare on Twitter

 

आजको आधुनिक युगमा विज्ञानको चमत्कारबाट मानिसहरू धेरै प्रभावित भएका छन् । विज्ञानको यो तीव्र विकासबाट मानिसलाई भौतिक सुख सुविधाहरू प्रशस्त साधनहरू उपलब्ध भएका छन् । यदि यी सुख  सुविधाको सुची तयार गर्ने हो भने लामो नै हुन्छ । तर यस्तो भए पनि संसारको हालत धेरै सुध्रेको चाहिँ देखिँदैन । मानिसको व्यवहारमा अलिकति पनि सुधारको परिवर्तन भएको पाइँदैन तर झन् झन् पतन हुँदै गएको देखिन्छ । दिन प्रति दिन नयाँ रोग व्याधि, दुःख कष्टका साथै अनेक किसिमका समस्याहरूसँग लड्नु परेको छ । 

एउटा विज्ञानको यस्तो विकास पनि छ, जसबाट सुख प्राप्त गर्नको लागि केही पनि खर्च गर्नु पर्दैन, जसलाई योग ध्यान भनिन्छ । त्यसको लागि हामीले अलिकति समय चाहिँ दिनु पर्दछ वा त्यस समयमा हामीले योग अभ्यास गर्नु पर्दछ । जुन योग साधना हाम्रा पूर्वज र ऋषि मुनिहरूले गर्ने गर्नु हुन्थ्यो । हामी यस्तो भूमिमा छौ जुन भूमिलाई ऋषि मुनिको भूमि, देवभूमि मानिएको पाइन्छ । अनुभवले भन्दछ कि वहाँहरूले गर्नु भएको नित्य पूजापाठ, ध्यान साधना, प्राणायाम एवं व्यायाममा धेरै शक्ति थियो । वैदिक मन्त्रहरूको उच्चारणको समयमा आसपासको वातावरणमा असीम ऊर्जा रहन्थ्यो । वास्तवमा मन्त्रको उच्चारण पश्चात् ओम शान्ति.. शान्ति.. शान्ति उच्चारण गरिन्छ । यस्तो शब्द सुन्दा पनि केही क्षणको लागि सम्पूर्ण शान्ति अवतरित भएको जस्तो लाग्दछ । यस्तो पवित्र  प्रकम्पनले आत्मालाई आनन्दित गरिदिन्छ । 

योग साधनाले हाम्रो मनको एकाग्रता बढाउँछ, अनि चञ्चल मनलाई शान्त पार्दछ । जसको मनमा कम विचार चल्दछ, राम्रो विचार चल्दछ, उसको स्मरण शक्ति अति धेरै हुन्छ । यस्तो मानिसले कुनै पनि काम छिट्टै सिक्न सक्दछन्, साथै विचारमा स्पष्टता आउँछ । योगबाट नै असीम शान्तिको महाद्वारसम्म पुग्न सकिन्छ । योग बलबाट नै बुद्धिमा दिव्यता आउँछ । योगबाट नै आत्माले सहजै शान्तिको अनुभव गर्न थाल्दछ । केही सङ्केत पाउने बित्तिकै सबै तिरबाट मन अनासक्त भएर सामान्य विचार भन्दा परको शक्तिशाली विचार, ऊर्जावान् विचारहरू सलबलाउन थाल्दछ । अनि विचित्रतम अनुभव हुन थाल्दछ । तब सबै विचारहरू भन्दा टाढा गहन शान्तिको अनुभवमा प्रवेश गर्दछौँ । शान्ति के हो भनेर जान्नको लागि अशान्तिको अर्थ के हो त्यो पनि जान्न जरुरी छ । अशान्तिको अर्थ हो, धेरै विचारहरू उत्पन्न हुनु, विचार अनियन्त्रित हुनु, खराब विचार मनमा धेरै आउनु आदि ।  अशान्त स्थिति एक प्रकारको दानवीय स्थिति हो, यसले अकारण अनर्थलाई निमन्त्रणा दिन्छ । 

शान्ति आत्माको ऊर्जाको स्थितिको नाम हो । यसले आफैमा अथाह गहिराई मा समाहित गर्दछ । यो आत्माको उच्चताको चरम अनुभूतिको नाम हो । यस उच्चताको अनुभूतिमा आत्मा सम्पूर्ण जागृत अवस्थामा रहन्छ । मन पनि पूरै नियन्त्रणमा रहन्छ । बुद्धिले सही निर्णय गर्दछ । जतिखेर जुन विचारहरूको जरुरी हुन्छ, त्यही विचार उत्पन्न हुन्छ । जति समयको लागि जरुरी छ, त्यति समय नै हुन्छ । आत्मालाई योग साधनाले मात्र तृप्त पार्न सकिन्छ । आजको कुनै पनि भौतिक चिजले होइन, किनभने आत्मा अभौतिक हो । योगबाट नै ज्ञानका रहस्यमय कुराहरू बुभm्न र जान्न सकिन्छ । योगबाट नै मन हल्का, फुर्तिलो र शक्तिशाली हुन्छ । जसको प्रभाव शरीरमा एकदमै राम्रोसँग पर्दछ । त्यसैले शारीरिक व्यायाम, प्राणायामको साथमा ध्यान साधनाको लागि पनि केही समय निकालेर बस्नु पर्दछ । त्यसको लागि बिहानको समयलाई एकदम राम्रो मानिएको छ । बिहानको समय ब्रह्मामूहुर्तको समय, जति बेला वातावरण एकदम शुद्ध र शक्तिशाली हुन्छ । त्यस बेला प्रकृति सत प्रधान भएकोले जो व्यक्ति योग साधनामा रहन्छ, उसलाई ब्रह्माण्डीय शक्तिको सहयोग अर्थात् वैश्विक ऊर्जा प्रतिको रूपबाट प्राप्त हुन्छ । प्रकृतिले यस्ता साधनालाई सबै दिव्य गुणले भरिपूर्ण गरिदिन्छ । जसलाई अमृत बेला भनिन्छ । हाम्रा पूर्वज सिद्ध साधक, ऋषि महर्षिहरूले पनि यही समयमा उठेर यम, नियम, आसन, प्रणाम, आदि गर्नुहुन्थ्यो अर्थात् पूर्ण रुपले भगवानको  ध्यान गर्नुहुन्थ्यो । यदि यस्तो पूर्वजहरूको इतिहास हेर्ने हो भने आजको मानवको तुलनामा उहाँहरू कति निरोगी साथै शक्तिशाली हुनुहुन्थ्यो । यसको पछाडि यही रहस्य रहेको पाइन्छ । यदि हामी बिहान सबेरै उठेर प्रकृतिसँग प्रेमपूर्वक कुरा गर्दछौँ, हामीले बिहानका्े समयको महत्वलाई बुभm्दछौ भने आफ्नो जीवनमा एउटा नयाँ आशा, जोश र उमंग उत्साह जागृत हुन्छ । 

ब्रह्मामूहुर्तको समय भनेको बिहान २ बजे देखि ५ बजे सम्मको समयलाई मानिन्छ । यही समयलाई बरदानी समय वा शुभबेला भनिन्छ । वेद र पुराणमा पनि ३ बजे देखि ५ बजे सम्मको समयलाई अति उत्तम समय मानिएको छ । यस समयको लागि एउटा मन्यता रहेको छ कि यस बेला देखि देवी देवताहरु प्नि धर्तीमा शैयर गर्न अर्थात् घुम्न वा वरदान दिन अवतरित भएका हुन्छन् भनिएको छ । तर उहाँहरूले आफ्नो आशीर्वाद वा कृपा उनीहरू माथि नै गर्नुहुन्छ, जो बिहानीको शुभ बेलामा जागृत अवस्थामा बसेका हुन्छन् या त योग वा ध्यान गरी रहेका हुन्छन् । यस समयमा धेरै जसो मानिसहरू सुतिरहेका हुन्छन् । वातावरण एकदम शान्त र पवित्र हुन्छ । मानव आत्माहरूबाट उत्पन्न हुने व्यर्थ र नकारात्मक विचारहरू एकदम कम वा शून्य अवस्था जस्तै हुन्छ । त्यसैले गर्दा वातावरणमा सतोप्रधानता छाएको हुन्छ । यस्तो समयलाई व्यर्थबाट मुक्त समय भनिन्छ । यस समयमा मनलाई जहाँ लगाउन चाह्यो वा कुनै सफलताको लागि मेहनत गरेका छौ भने सजिलै नै प्राप्त हुन्छ । यसै गरी बिहानको समयलाई अन्य धर्मले पनि यस प्रकारले बताएका छन् जस्तै सिख्ख धर्ममा बिहान ३ बजे देखि ६ बजे सम्मको समयलाई प्रभावशाली एवं उर्जाबान समयको रुपमा बताएका छन् । बौद्ध धर्मालम्बीहरु बिहानको समयमा उठेर ध्यान गर्ने गर्दछन् । इस्लाम धर्ममा बिहानको समयमा प्रार्थना गर्नुमा निकै नै पुण्य जम्मा हुने कुरामा विश्वास गरिन्छ । मुश्लिम धर्ममा बिहानको समयमा नै अल्लाह भनेर आवाजसँग बोलाउछन् । क्रिश्चिन धर्ममा पनि बिहान गहिरो शान्तिको अनुभव गर्दछ, ताकि हिड्दा पनि गोडाको आवाज नआओस । त्यसैले बिहानको समयमा सुत्नु भन्दा पनि सुखद अनुभूति गर्ने समय हो । 

अब योग चाहिँ केलाई भन्ने त भन्दा यसमा अलिकति सोच्नु पर्ने कुरा के छ भने यस पाँच तत्वले बनेको देह भित्र विराजमान सूक्ष्म शक्ति आत्मालाई दिव्य दृष्टिबाट हेर्ने वा ज्ञानको तेश्रो नेत्रबाट हेर्ने प्रयास गर्नु हो । जुन अति नै सुक्ष्म छ, शक्तिशाली छ, चैतन्य छ । जुन चैतन्य शक्ति भित्र भएको एक एक गुणको सुक्ष्म रुपले अनुभव गर्नु अर्थात् त्यसमा डुब्नु । यसरी आत्मालाई एउटा चैतन्य प्रकाशका रुपमा हेर्न थाल्छौ वा अनुभव गर्न थाल्छौ तब सम्पूर्ण शक्तिका श्रोत मानव जगतका पिता दिव्य गुणका भण्डार परमज्योति परमात्मालाई सजिलै चिन्न सक्दछौ । यस्तो किसिमको भगवानसँगको समिपताले नै जीवनलाई गुणवान तथा मूल्यवान बनाइदिन्छ । 

यसमा एउटा उदाहरण लिउँ जसरी विद्युतिय शक्ति प्राप्त गर्नको लागि हामी हाम्रो घरमा बत्ती राख्छौ । बिजुलीको तार मिलाउछौ, स्वीचबक्स राख्छौ अनि जब मुख्य लाइनमा जोडने बेला हुन्छ त्यतिबेला बाहिरको रबर सहित तार जोडिदिएमा त्यहाँबाट विद्युतीय शक्ति पाउदैनौ तर त्यसमा बाहिरको रबर हटाएर तामाको तारसँग अर्को तामाको तार जोडेर मिलाउछौ भने त्यहाँ विद्युतीय शक्ति पाउछौ । जसबाट एउटा मात्र फाइदा नभएर कयौ फाइदा प्राप्त हुन्छ, जसबाट पंखा, हिटर, बत्ती, रेफ्रिजेनेटर, टेलिभिजन आदि अनेक सुविधाहरू मिल्छ । त्यस्तै गरी परमात्मा शक्ति प्राप्त गर्नको लागि पनि हामी आफूलाई देह नभएर देह भित्र विराजमान चैतन्य शक्ति आत्मालाई हेर्ने, अनुभव गर्ने परमात्मा सम्पूर्ण शक्तिका श्रोत अर्थात् पावर हाउस परमात्मासँग मनको तार जोडने गर्यौ भने, जीवनमा सुख, शान्ति, आनान्द, प्रेम, खुशी जस्ता उज्यालोपनका सुविधाहरू आउँछ, यही चिज आजको मानवको लागि आवश्यकता हो । लेखक ब्रह्माकुमारी राज योग सेवा केन्द्र मन्थलीकी राजयोग प्रशिक्षक हुनुहुन्छ ।

Share67Tweet42Share12

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ असार २०८०, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ असार २०८०, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ असार २०८०, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ असार २०८०, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ असार २०८०, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

५ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero