रामेछाप । रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुन लागेको निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसबाट समानुपातिक सूचिमा पर्नु भएको छ । नेपाली काँग्रेस केन्द्रिय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा रामेछापबाट काँगेसको महाधिवेसन प्रतिनिधि समेत रहनु भएका शेर्पा जनजाति क्लष्टर बाट पार्टिले पेश गरेको बन्द सूचिमा पर्न सफल हुनुभएको हो ।
नेपालका आदीबासी हरुको छाता संगठन नेपाल आदीवासि जनजाति महासँघको १० औ महाधिवेसन बाट केन्द्रिय अध्यक्ष समेतको जिम्मेवारीमा रहदै आएका शेर्पाले २०४० सालबाट त्रीचन्द्र क्याम्पसबाट नेविसँघको सदस्यता लिएर विद्यार्थि सँगठनको यात्रा आरम्भ गरेका थिए । कुशल निर्माण ब्यवसायीको रुपमा स्थापित शेर्पा विद्यार्थि सँगठन हुँदै हाल आफु पार्टि सँगठनमा निरन्तर क्रियाशिल रहदै आएको बताउँछन् । शेर्पाले दिएको जानकारी अनुसार उनको पार्टि क्रियाशिल सदस्यत ३२४०११०१०२००१३२÷१४ हो । उमाकुण्ड गाउँपालिका वडा नं २ को देउराली घर भएका शेर्पा पार्टि सँगठन सँगै निर्माण ब्यवसायमा पनि सँलग्न हुनुहुन्छ । रामेछाप काँग्रेसको २ हप्ता अघि मन्थलीमा बसेको बैठकले शेर्पा लगाएत अन्य नेताहरुको नाम पनि समानुपातिक तर्फका लागि सिफारीस गरेको थियो । जसमध्य केन्द्रको सिफारीसमा भने जिल्लाबाट एक मात्र लामा शेर्पाको नाम मात्र सिफारीस भएको थाहा भएको छ ।











यो बारेमा तपाईको प्रतिकृया