मन्थली,२६ पुष । मन्थली नगरपालिकाले आज देखि दुई दिने नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला –२०८२ सुरु गरेको छ ।
मन्थली नगरक्षेत्र भित्रका विभिन्न कृषक तथा उद्यमीहरुको ५३ वटा स्टलमा मार्फत कृषि उपज तथा लघु उद्यम एबं होजियारीका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा सिन्नोसो को धुलो देखि फलफुल तरकारी,एबं पशु जन्य उत्पादन सम्म राखिएको छ ।
मेलाको उद्घाटन कृषि तथा पशुपन्छि मन्त्रालय बागमती प्रदेशका मन्त्री मधुसुदन पौडेलले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले रामेछाप जिल्लाको कृषि क्षेत्रको विकासका लागि आफ्नो मन्त्रालयले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मन्थली स्थित वडा नं –१ को हाटेचउरमा चलिरहेको उक्त मेला किसान र उद्यमीहरुले नगरपालिका भित्र उत्पादन तथा प्रशोधन गरेका बाली, बस्तुहरुको प्रबद्र्धन गर्ने,एक आपसमा ज्ञान,सीप र प्रबिधि साटासाट गर्ने,उत्पादक,उपभोक्ता र ब्यापारी वीच सम्बन्ध विस्तार गर्ने, नगरपालिकामा उत्पादित वाली, वस्तुहरुको ब्यवसयीकरणमा टेवा पुर्याउने उद्धेश्यले आयोजना गरिएको मन्थली नगरप्रमुख लव श्रेष्ठ ले बताउनुभयो ।
नगरपालिकाबाट ६ लाख विनियोजन भएको उक्त उक्त प्रदर्शनीमा कृषि उपज ल्याउने किसानहरुलाई निःशुल्क स्टल उपलब्ध गराई खाने बस्ने र ढुवानी एबं यातायात खर्चको समेत ब्यवस्था गरिएको मन्थली नगरपालिकाका आर्थिक विकास समिति संयोजक नवराज थापामगरले बताउनुभयो ।
प्रदर्शनी मेलामा सहभागि भई उत्कृष्ठ हुने कृषक तथा उद्यमीलाई १० वटा विभिन्न विधा मार्फत मूल्याङ्कन गरी पुरस्कृत गरिने कार्यक्रम रहेको र प्रति विधा रु ६ हजार सात सय पुरस्कारको ब्यवस्था गएिकोले सो का लागि मुल्याङ्कनको काम भैरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्षि सापकोटाले बउनुभयो । यस मेलाको करिब १० हजारले अवलोकन गर्ने लक्ष लिईएको पनि अधिकृत सापकोटाले बताउनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया