Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विगतमा गरेको कामका आधारमा निर्वाचन जित्छुः श्याम कुमार श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
१३ माघ २०८२, सोमबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
12
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कम्युनिष्ट पार्टि रामेछापका लागि प्रतिनिधी सभाको प्रत्यक्ष तर्फका उमेद्वार बन्नु भएको श्याम कुमार श्रेष्ठले आफु र आफनो पार्टिको नेतृत्वमा विगतमा जिल्लाको विकासमा गरेको योगदानका आधारमा आफुले निर्वाचन जित्ने दावी गर्नु भएको छ । सो दावी श्रेष्ठले आज पार्टि कार्यालय मन्थलीमा आयोजित विषेश पत्रकार सम्मेलनका क्रममा गर्नु भएको हो । आगामी फागुन २१ गते हुन गईरहेको निर्वाचनका लागि पार्टिबाट उमेद्वार बन्नु भएका श्रेष्ठले विगतमा जन प्रतिनिधी हुँदा आफुले रामेछापको विकासमा उल्लेखनिय काम गरेको फेहरस्ति पेश गर्दे यस पटकको निर्वाचनमा पनि सोहि मुल्याँकनका अधारमा रामेछापेली जनताले विश्वासका साथ मतदान गरेर भारि मतका साथ जिताउने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको हो ।
पार्टिको प्रचार विभागद्धारा आयोजित निर्वाचन विषेश पत्रकार भेटघाट कार्यक्रमका अवसरमा आफनो धारणा राख्ने क्रममा श्रेष्ठले आफुले यस अघि जनप्रतिनिधीको जिम्मेवारीम रहदा पनि ईमानको राजनिति गर्दे आएको र सोही मुल्याँकनका आधारमा आफुलाई पार्टिले यस पटकको निर्वाचनमा पुन उमेद्वार बनाएको भन्दै निर्वाचन जिति सकेर पनि आफनो ईमान्दारीलाई जिम्मेवारीका साथ निर्वाह गर्दे रामेछापेली जनताको शिर उँचो राख्ने आश्वासन पनि दिनु भयो ।
विगतमा पनि आफलेु जनताको परिवर्तनका लागि जनयुद्धबाट राजनितिक यात्रा शुरु गरेको स्मरण गर्दै यस पटक पनि जेन्जी भावना अनुसारको काम गर्ने जिम्मेवारी आफुले निर्वाह गर्नै विश्वास दिलाउनु भयो । उहाँले जनताको काम गर्नकै लागि आफु राजनितिमा लागेको भन्दै विगतमा सँसदमा गएर गरेको कामको अनुभव र जेन्जी आन्दोलनको भावनाका आधारमा आफु जिल्लाको विकासमा ईमान्दारीताका साथ लागि रहेने पनि श्रेष्ठले वताउनु भयो । यस अघि एक पटक सँविधान सभाको सदस्य र अर्का पटक पनि सँघिय सांसद हुँदै गृह राज्य मन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरि सक्नु भएका उमेद्वार श्रेष्ठले आफनो पार्टिको नेतृत्वमा दर्जनौ खालका विकास निर्माणका काम भएको र त्यो पनि आफनो अगुवाईमा मात्र भएको दावि गर्नु भयो ।
सो क्रममा श्रेष्ठले त्यस बाहेक आाफु जनप्रतिनिधीक रुपमा रहदाका बखत खुर्काेट मन्थली सडकको निर्माण र कालोपत्रे , हाल निर्माणाधिन अवस्थामा रहेको सेलेघाट साँघुटार सडक लगायतका जिल्लाका दजनौ सडकको निर्माण पनि आफनै चासो र सकृयता पछि मात्र भएको वताउनु भयो । उहाँले सडक बाहेक जिल्लाको स्वास्थय र शिक्षाको विाकास सँगै मन्थलीको क्याम्पस र प्राविधक शिक्षालय खुलाउन सफल भएको पनि पनि श्रेष्ठले ठोकुवा गर्नु भयो । उहाँले अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बखत देश पुर्ण रुपमा लोड सेडिडमुक्त भएको स्मरण गर्दै आफनो पार्टिलाई जनताले देशको उज्यालो पार्टिका रुपमा परिभाषित गरि सकेको स्मरण पनि गर्नु भयो ।
त्यस वाहेक शिक्षा क्षेत्रको सुधार र जिल्ल्ला भरिको विद्यालयको भौतिक विकासका पनि आफुले उल्लेखनिय काम गरेको भन्दै यावत कामको मुल्याँकनका आधारमा आफुले निर्वाचन जित्ने विश्वास पनि ब्यक्त गर्नु भयो । त्यसैगरि आफुले वजेटको पावन्दी रहदा रहदै पनि जिल्लाको मुख्य समस्याको पहिचान सँगै खुर्काेट,तामाकोशि सुनकोशि,सित्खा लगायत जिल्लालाई वाहिरी जिल्ला सँग जोड्ने एक दर्जन जति पक्कि पुल निर्माणमा पनि आफुले सफलता पाएको पनि श्रेष्ठले बताउनु भयो । आफु १३ बर्षको उमेर देखीनै राजनितिमा सकृय रहदा ईमान र विवेकको राजनितिबाट प्रभावित भएर हुर्किएको र त्यसलाई आफनो विवेक वर्कतले भेटे सम्म आफुले ईमान्दारीताका आधारमा जिल्लाको विकासका लागि भूमिका निर्वाह गर्न तयार पनि बताउनु भयो ।
उक्त विषेस पत्रकार सम्मेलनमा पार्टिका केन्द्रिय सदस्य देवशंकर पौडेल, नेता होम बुढाथोकि,प्रचार विभागका सँयोजक झम्क कडेल लगायतका नेता तथा अन्य नेताहरुको समेत सहभागित रहेको थियो । सो अवसरमा पार्टिले हाल सम्म लिखु तामाकोशी गाउँपालिकाको खिम्ति र तिल्पड र मन्थली नगरपालिकाको सुनार पनिमा पुगेर घरदैलो र कार्यकर्ता भेटघाटको कार्यक्रम सम्पन्न गरि सकेको र यस पटक पनि आफनो पार्टि निर्वाचन जित्ने कुरामा ढुक्क भएको जानकारी पनि सो अवसरमा गराएको थियो ।

Share5Tweet3Share1

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ माघ २०८२, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ माघ २०८२, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१३ माघ २०८२, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१३ माघ २०८२, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१३ माघ २०८२, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१३ माघ २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero