मन्थली,६ फागुन । रामेछाप नगरपालिकाको विभिन्न वडाहरुमा काँग्रेसको जनलहर बढेको छ ।
यस अघि लिखु तामाकोशी गाँउपालिका र गोकुलगंगा र उमाकुण्ड गाँउपालिकाको विभिन्न वडाहरुमा गरिएको कार्यक्रमको तुलनामा रामेछाप नगरपालिकाको वडा नं –८ रामेछाप बजार, वडा नं –७ रामपुर , वडा नं –६ अाेख्नेनी, वडा नं –४ हिमगंगा लगाएतका वडाहरुमा भएको कार्यक्रममा काँग्रेसको जनलहर निक्कै बढेको टोलीमा सहभागि नेपाली काँग्रेसका नेता जित बहादुर मगरले बताउनुभयो ।
मंगलवार मन्थली नगरपालिकाको वडा नं –६ स्थित हुलाक डाँडा बाट घरदैलो अभियान थालेको काँग्रेस त्यस पछि रामेछाप नगरपालिका पसेको थियो । मगलवार नै रामेछाप नगरपालिकाको वडा नं ९ र ८ मा कार्यक्रमको आयोजना गरिएको थियो भने बुधवार नै वडा नं ७ सुकाजोर वडा न ५ रामपुर र वडा नं ४ हिमगंगामा पनि चुनावी कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली काँग्रेका उमेद्वार रामचन्द्र खड्का सहितको टोली लाई ति वडाहरुमा उपस्थित भएका सयौको संख्याको टोलीले स्वागत गर्नुका साँथै सँगसगै नाचगान समेत गरेका थिए ।
रामपुरमा भने दर्जनौ मानिसहरु विभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
उता नेपका एमालेले भने गोकुलगंगा गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।











यो बारेमा तपाईको प्रतिकृया