रामेछाप २१ असार । हुन त कुनै पनि कर्मचारीको अनिवार्य अबकास भनेको नियमित प्रकृया हो । तर जिल्ला हुलाक कार्यालय रामेछापका दुईजना कर्मचारीको अबकास पछिको विदाईमा सिङ्गो जिल्लाका हुलाक कायालयका सबै कर्मचारी ठुलो सँख्यामा मन्थलीमा जम्मा भएर आफनो सहकर्मिको विदाई गरेका छन् ।
आईतबार दिउँसो जिल्ला हुलाक कार्यालय रामेछापले आफना अबकास भएर जान लागेको कर्मचारी हल्कारा दामोदर वाग्ले र हुलाकी कुमार भुजेलको विदाईका लागि समय मिलाएको थियो ।
सो क्रममा जिल्ला हुलाक कार्यालय वाहेक ७ वटैपालीका अन्र्तगतका हुलाक कार्यालयका सबैजसो कर्मचारी सहभागि भएका थिए । आफना सहकर्मिको विदाईका लागि टाढा टाढा बाट आएका हुलाकका कर्मचारी आफुले ल्याएको खादा माला र अविर लगाईदिएर विदाई गरेका थिए ।
सो क्रममा जिल्ला हुलाक कार्यालयले नेपाल पत्रकार महासँघका जिल्ल्ला अध्यक्ष दिपक कुमार घिमिरे लगाएतका पत्रकार हरु समेतलाई राखेर औपचारीक रुपमानै कार्यक्रम गरेको थियो ।
विदाईका क्रममा आ आफना धारणा राख्ने क्रममा कार्यालय प्रमुख देखी कार्यालय सहयोगि सम्मका कर्मचारीहरुले वाग्ले र भुजेलले आफनो कार्यकलामा अविभावकीय योगदान गरेको भन्दै उहाँहरुको शुःखद जिवनको शुभकामना दिएका थिए ।
दुबै कर्मचारी आफनो ३८ बर्षे जागिरे जिबन पुरा गरि बाहिरिनु भएको जिल्ला हुलाक कार्यालयका प्रमुखले जानकारी दिनुभयो । विदाईमा वोल्ने अधिकाँशले उहाँहरुको विदाई सँगै कार्यालय बाट आफनो अभिभावक पनि विदाई भएको वताएका थिए ।












यो बारेमा तपाईको प्रतिकृया