Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धन सँग प्रतिस्पर्धा गर्न एमालेलाई धौ–धौ

नेपाल अभियान नेपाल अभियान
१३ कार्तिक २०७९, आईतवार
in राजनीति, समाचार
0
18
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ कार्तिक । निर्वाचनमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन सँग पतिस्पर्धा गर्न नेकपा एमालेलाई धौ–धौ हुने भएको छ ।


गाँउ गाँउमा गरिएको चुनावी सभामा गठबन्धनको कार्यक्रममा पर्याप्त मानिसहरु आउने तर एमालेका कार्यक्रमहरुमा कम मानिस आउने गरेपछि एमाले लाई धौ धौ पर्न लागेको हो ।
टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै देखिएको गठबन्धन र एमालेको आन्तरिक द्धन्द केहि समय पछि मिलेको छ ।
आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुई ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहोलमा होमिएकाले पनि आन्तरिक द्धन्द मिलेको सन्देस दिएको छ ।
यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरिकहरुको घर घरमा मत माग्न पुगेका छन् ।
अहिले काँग्रेस र माओवादी केन्द्रका सवै एक भएर घरदैलो गर्दै हिडिरहेका छन् ।
गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारिसकेका छन् ।
निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ ।
सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ०७४ सालको आम निर्वाचनमा ३५ हजार ७ सय ७१ मत ल्याएका थिए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उमेद्वार वनेका श्याम कुमार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी बिजयी भएका थिए ।
संघिय संसदका लागि ६ हजार ३ सय ४७ मतले पराजित भएका थिए तामाङ्ग अहिले ३६ हजार काँग्रेस पार्टिको र २७ हजार माओवादी केन्द्रको मत सहित ६३ हजार मत ल्याएर आफुले जित्ने दावि गर्नु भएको छ ।
उहाले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गर्नुभयो ।


एमालेका उम्मेदवार कैलाश ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । तर आर्थिक मामिला तथा योजना मन्त्री हुँदा प्रदेश सभा (ख) मा मात्र बढि बजेट बिनियोजन गरेको आफुले बिनियोजन गरेको बजेटको काम सम्पन्न हुने वेलामा अतिरिक्त रकम माग्न आफ्ना कार्यकर्तालाई पठाउने गरेको आरोप ढुंगेललाई छ ।
प्रदेश सभा (क) मा पनि माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका युवराज चौंलागाई पनि एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि छन् । किनकी शान्ति प्रसाद पौडेल यस अघि प्रदेश सांसद हुँदा आफ्नो क्षेत्रको बिकास गर्न नसकेको कहिले एमाले कहिले नेकपा एस भन्दै पार्टि परिवर्तन गरिरहेको र ४९ दिन वन तथा वातावरण मन्त्री हुँदा जिल्लाको विकास निर्माणको कुनै काम नगरेको आरोप लगाएका छन् भने प्रदेश (ख) का उमेद्वार मिलन घिसिङलाई पनि मतदाताहरुले राजनिति कर्मीको रुपमा भन्दा पनि गैसस कर्मीको रुपमा हेर्ने गरेका छन् ।

Share7Tweet5Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ कार्तिक २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ कार्तिक २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ कार्तिक २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ कार्तिक २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ कार्तिक २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१३ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero