मन्थली,भाद्र २१ । नेपाल प्रेस युनियन रामेछाप शाखको अध्यक्षमा कुमार श्रेष्ठ निर्विराेध निर्वाचित हुनुभएको छ ।
शनिवार सम्पन्न शाखाको पाँचौ जिल्ला अधिबेशनले उहाँको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित गरेको हो ।
यसरी नव निर्वाचित समितिमा रहनेहरुका उपाध्यक्ष द्वय सागर बोहोरा र संझना नेवा खड्गी हुनुहुन्छ भने सचिव, सह–सचिब र कोषाध्यक्षमा क्रमशः मिलन बि.क., टंकनाथ गौतम, राजन महतारा रहनुभएको छ ।
सदस्यहरुमा क्रमशः श्री राज चन्द्र महत, शुसिला बुढाथोकी, अनिता रसाइली, कर्ण श्रेष्ठ र इश्वर विश्वकर्मा रहनुभएको छ ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिहरुमा क्रमशः बद्री नयाँघरे, हिमाल ढुङ्गेल, रमेश ढुङ्गेल रामचन्द्र बि.क., ज्ञानु श्रेष्ठ, अनिता थापामगर रहनु भएको छ भने प्रदेश प्रतिनिधिहरुका क्रमशः दिपक घिमिरे,युवराज श्रेष्ठ, विबेक घिमिरे, रविन थापा, निजुका खड्का, र इन्दिरा बोहोरा रहनु भएको छ । अधिबेशनको उद्घाटन नेपाली काँग्रेस रामेछापका कार्यवाहक सभापति नवराज थोकरले गर्नु भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया