Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

४ चैतमाहुने शैलुङ म्याराथनको तयारी पुरा

superadmin superadmin
२९ फाल्गुन २०७९, सोमबार
in आधारभूत, खेलकुद, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
52
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ रामेछाप । आगामि चैत ४ गते हुन लागेको पर्यटकीय स्थल शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक जिल्ला खेदकुद समितिले खाँडादेवि गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको बारेमा जानकारी गराएको हो ।
खेलकुदको विकास संगै शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजनमा आउँदो चैत्र ४ गते दौड प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।
प्रतियोगिताको नाम ‘शैलुङ अल्ट्रा म्याराथन २०२३’ नामकरण गरिएको छ । ‘म्याराथन (दौड प्रतियोगिता) जिल्लामा पहिलो पटक गर्न लागेका हो । जिल्लाकै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक स्थल तथा शैलुङ क्षेत्र र म्याराथन हुन लागेको पालिका भित्रका धार्मिक तथा एतिहासिक क्षेत्रको प्रचारप्रसारमा सहयोग पुगोस भन्ने उदश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले जानकारी दिनुभयो ।
उनका अनुसार विभिन्न ३ विधामा सञ्चालन गर्न लागिएको खेलमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरीका दौड हुने छन् । यी तीन वटै विधामा देशी तथा विदेशी महिला र पुरुष खेलाडीले सहभागिता हुने भएपनि सोमबार सम्ममा १९ जनाले औपचारिक रुपमा नाम दर्ता गराएका छन् ।
५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वरी–दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ ।
त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ । ५ किलो मिटर दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रलाई परिक्रमा गर्ने कार्यक्रम तय गरिएको जिल्ला खेलकुद विकास समिति रामेछापका कार्यालय प्रमुख अर्जुन कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
प्रतियोगीमा सहभागी हुन चाहने खेलाडीको नाम दर्ताको लागि आवेदन खुल्ला गरिएको छ । भाग लिनको लागि जिल्ला भित्रका खेलाडीहरुलाई दर्ता शुल्क छुट दिने निर्णय भएको पनि कार्कील्ो बताउनु भयो ।
सहभागी खेलाडीहरू मध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीले नगद ७५ हजार र प्रमाणपत्र त्यस्तै द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने उपलब्ध गराइने छ ।
५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले पनि प्रथम, द्वितीय र तृतीयले नगद १५ हजार,१० हजार र ५ हजार रुपैयाँ र प्रमाणपत्र हाँसिले गर्ने जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजकमा आउँदो चैत्र ४ गते दौड प्रतियोगिता गर्न लागेको हो ।
विभिन्न ३ विधामा सञ्चालन गर्न लागिएको खेलमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरीका दौड हुने छन् । यी तीन वटै विधामा देशी तथा विदेशी महिला र पुरुष खेलाडीले सहभागिता जनाउन पाउने छन् । ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट जिल्लाकै ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वरी–दोरम्बा हुँदै शैलुङ सम्मको रुट तय गरिएको छ ।
त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ । ५ किलो मिटर दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रमा मात्रै दौडने जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख अर्जुन कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगीमा सहभागी हुन चाहने खेलाडीको नाम दर्ताको लागि आवेदन खुल्ला गरिएको छ । भाग लिनको लागि नेपाली र विदेशी खेलाडीलाई दर्ता शुल्क छुट्टा छुटै निर्धारण गरिएको छ । जसमा नेपाली खेलाडीलाई प्रति खेलाडी २ हजार, सार्क राष्ट्रका खेलाडीहरूलाई प्रति खेलाडी ३ हजार र अन्य मुलुकका खेलाडीलाई प्रति खेलाडी ५ हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक संस्थाले जनाएको छ ।

म्याराथनमा सहभागी खेलाडीहरू मध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीले नगद ७५ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् । २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद र प्रमाणपत्र पाउने छन् ।
त्यसैगरि ५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले पनि प्रथम, द्वितीय र तृतीयले नगद १५ हजार,१० हजार र ५ हजार रुपैयाँ मेडल ट्रफि प्रमाणपत्र उपलब्ध गराइने जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

Share21Tweet13Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२९ फाल्गुन २०७९, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२९ फाल्गुन २०७९, सोमबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२९ फाल्गुन २०७९, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२९ फाल्गुन २०७९, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ फाल्गुन २०७९, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ फाल्गुन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero