
मन्थली, ३ भाद्र । सिल्पी थ्रिएटरले प्रस्तुत गरेको नाटक मिस मेनुका यसै साता हेर्ने अबसर प्राप्त भयो ।
यो नाटक हेरीसकेपछि मलाई सामाजिक यथार्थमा आधारित नाटक हो भन्ने अनुभूति भएको छ । मार्क्सवादी सिद्धान्तमा आधारित रहेर मञ्चन गरिएको यो नाटकले समाजमा विद्यमान समस्या र त्यसबाट उत्पन्न भएको द्वन्द्वलाई उजागर गरेको पाएको छु ।
उच्च वर्गले निम्न वर्गलाई जातिय, क्षेत्रिय र लैङ्गिक आधारमा गर्ने गरेको बिभेद,थिचोमिथो र त्यसले उत्पन्न गराएको द्वन्द्व यो नाटमा पाइन्छ । आर्थिक,सामाजिक तथा सास्कृतिक पहुँचमा समान अवसर उच्च र निम्न वर्गमा प्राप्त हुन नसेकपछिको परिणाम यस नाटकले झल्काएको पाँए ।
निम्न वर्गले समाजमा अझैपनि परिवार पाल्नका लागि यौन ब्यापार गर्नु पर्ने,जुन ब्यापारलाई समाजले स्वीकार नगर्ने, पहडि समुदायले मधेसी समुदायलाई हेप्ने, दमन गर्ने गरेको, पद र शक्तिको उन्मादमा उच्चवर्गका छोराछोरी जस्तोसुकै अपराधिक कृयाकलापमा उद्दत रहेकाे यथार्थता यस नाटकमा पाइन्छ ।

झँ– पल सार्त्र द्वारा लिखित यस नाटकको कथाबस्तु अनुसार– यौनकर्मीको रुपमा परिचित मिस मेनुका बसमा यात्रा गर्ने क्रममा एउटा घटनाको प्रत्यक्षदर्शी हुन्छिन । बास्तबिक अपराधी पहाडी मुलको सांसदको भतिजो हुन्छ तर सँगै यात्रा गर्ने अर्को निर्दोश मधेसी समुदयाको केटोलाई आरोप लगाइन्छ । वास्तबिक बलत्कार गर्न खोज्ने अपारधिलाई बचाउन सांसदको छोरो मिस मेनुका सँग रात विताएर उसले मागे जति पैसा दिन तयार हुन्छ । झुटो बोलेर आफ्नो भाईलाई बचाइदिए ५ लाख सम्म दिने प्रलोभन उसले देखाउछ तर मेनुका मान्दिन, सेटिङमा पुलिस बोलाएर जबर जस्ती झुठो बयानमा सही गर्न दवाब दिन्छन । त्यसैबेला सांसद जगन्नाथ शर्माको आगमन हुन्छ, उनले धेरै कुराको प्रलोभन देखाएर मिठा र चिल्ला कुरा सहित भावनामा बगाएर झुठो बयानमा हस्ताक्षर गराउन सफल हुन्छ तर उता मधेसी समुदायको केटो (जसलाई वलत्कारीको आरोप लागेको छ तर उ निर्दोश छ ) पटक–पटक मिस मेनुका सँग आफ्नो ज्यान बचाइदिन आग्रह गर्छ तर मेनुकाको मात्र केही लाग्दैन अन्त्यमा सत्यको हार भएरै छाड्छ र नाटक टुङ्गिन्छ ।
यस नाटकले पहुँच वाला (उच्च वर्गं) लाई हैन,पहुँच नभएका (निम्न वर्ग) लाई मात्र कानुन लाग्छ भन्ने सन्देस यस नाटकले दिएको पाएँ ।
यहाँ बिना कसुर झुटा आरोपमा फस्नु पर्दाको मधेसी समुदायको एक ब्यक्तीको पिडा,सत्य प्रति नडग्मगाउने अठोट लिएकी मिस मेनुका पहुँचवालाको दवावमा सत्यलाई झुटो र झुटोलाई सत्य भन्दै हस्ताक्षर गर्न बाध्य हुनुपर्दाको पिडाले उनीहरुप्रति चरम वर्गद्वन्द्व निम्त्याएको अनुभूति यस नाटकले गरायो ।
मिस मेनुका, एक संवेदनसिल यौनकर्मी नाटकमा शिर्षकको सार्थकता पाइने हुनाले यो नाटक सबैले एक पटक हेर्न समेत अनुरोध गर्दछु । साथै याे अबसर जुटाइदिने मित्र सागर बाेहाेरा र नाटककी निर्देशक पवित्रा खड्का प्रति धन्यवाद दिन चाहान्छु ।












यो बारेमा तपाईको प्रतिकृया