Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ४१ औ बि.पी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 

नेपाल अभियान नेपाल अभियान
६ श्रावण २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाज
0
62
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ साउन । ४१ औ बि.पी स्मृति दिवस आज रामेछाप काँग्रेस र उसको भातृ सङ्गठन नेपाल तरुण दलले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । सो अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले रामेछाप नगरपालिका वडा नं ८ को धारापानि चउरमा २ सय वटा बिरुवा रोपेको थियो । वृक्षा रोपन पछि काँग्रेसले स्थानीय भँगेरी सामुदायिक भवनको हलमा अन्तरक्रिया र प्रवचन कार्यक्रम पनि सञ्चालन गरेको थियो । 

परिवर्तनमा काँग्रेस ,पर्यावरणमा काँग्रेस ,अहिले रुख रोपौँ, चुनावमा रुख रोजौँ भन्ने मूल नाराका साथ ४१ औ बि.पी स्मृति दिवसका अवसरका प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा  प्रमुख सचेतक रमेश लेखक उपस्थिति हुनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि लेखकले नेपालको सन्दर्भमा अहिले पनि बिपीको विचार उत्तिकै सान्दर्भिक रहेको भन्दै बिपी विचार अनुसार  आम नेता तथा कार्यकर्ताहरूलाई  ईमान्दार पूर्वक सङ्गठन निर्माणमा लाग्न पनि आग्रह गर्नुभयो । 

उहाँले नेपालको हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी  भूमिका खेलेको स्मरण गर्दे वर्तमान अवस्थाको परिवर्तनलाई पनि नेता तथा कार्यकर्ताले सुझबुझ पूर्ण तरिकाले आत्म सात गर्नु पर्ने धारणा राख्नु भयो । 

नेपाली काँग्रेस जिल्ला कार्य समितिको आयोजना तथा रामेछाप नगर काँग्रेसको समन्वयमा भएको वृक्षारोपण तथा प्रवचन कार्यक्रममा अर्का केन्द्रीय सदस्य यज्ञराज जोशी,रामेछाप काँगेसका सभापति पूर्ण बहादुर तामाङ,रामेछाप नगरपालिकाका प्रमुख तथा पूर्व पार्टी सभापति लव श्री न्यौपाने,रामेछाप नगर सभापति कमल विक्रम कार्की लगायतका वक्ताहरूले पनि बिपीको विचार नेपालको सन्दर्भमा मूल मन्त्र भएकोले नेता कार्यकर्ताहरूले सोही मन्त्रलाई आत्मा सात गर्दै अगाडि बढ्न पनि आग्रह गर्नु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूलाई स्थानीय नेवार समुदायका महिलाहरूले आफ्नो पहिचानका साथ स्वागत तथा  आदर सत्कार पनि गर्नु भएको थियो । 

                    तरुण दलको वृक्षारोपण 

दीवसकै अवसर पारेर आजै  नेपाल तरुण दल रामेछापले जिल्ला अस्पताल रामेछापमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरेको छ । तीन जना केन्द्रीय सदस्यहरुको उपस्थितिमा उक्त संगठनले जिल्ला अस्पताल रामेछापमा रहेका सवै विरामीहरुका लागि फलफुल वितरण गरेको कार्यवाहाक अध्यक्ष बासुदेव फुँयाँलले जानकारी दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपेन्द्र खड्का,सौरभ केसी र योगेश श्रेष्ठको सहभागिता रहेको थियो । 

Share25Tweet16Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ श्रावण २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ श्रावण २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

६ श्रावण २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

६ श्रावण २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

६ श्रावण २०८०, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

६ श्रावण २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero