Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ग्रामीण बचतको नाफा २ लाख

नेपाल अभियान नेपाल अभियान
२३ मंसिर २०८०, शनिबार
in समाचार, समाज
0
71
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२३ मंसिर । ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले गत आ.ब. २०७९÷८० मा २ लाख १३ हजार ४ सय ७६ रुपैया नाफा कमाएको छ ।
मन्थलीमा शनिवार सम्पन्न उक्त सहकारी संस्थाको तेह्रौ बार्षिक साधारण सभा एबं चौथो जिल्ला अधिबेशनका अवसरमा संस्थाकी ब्यवस्थापक मुना खड्काले उक्त कुराको जानकारी गराउनु भएको हो ।
सो अवसरमा उहाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १ हजार १ सय ६४ जना शेयर सदस्यवाट संकलन भएको निक्षेप १ करोड, ९७ लाख ५१ हजार ७५ रुपैया मध्ये १ करोड ८३ लाख ८० हजार ६ सय ९८ रुपैया ऋण लगानी गरी सबै खर्च कटाएर सहकारीले उक्त रकम खुद नाफा कमाएको बताउनुभयो ।


सो अवसरमा बोल्दै संस्थाका सचिब दिपक केशीले संस्थाको सांगठनिक अबस्था को वारेमा जानकारी गराउनु भएको थियो । उहाले संस्थाको परिमार्जित विनियमावली को वारेमा जानकारी गराउँदै चालु आ ब मा २ सय २६ जना शेयर सदस्य बृद्धि गरी कुल १ हजार ४ सय शेयर सदस्य बाट संकलन भएको निक्षेप २ करोड ४७ लाख ५१ हजार ७५ रुपैया लाई परिचालन गरी ५ लाख रुपैया नाफा कमाउने लक्ष रहेको समेत जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।


कार्यक्रमको उद्घाटन गदै उहाले शेयर सदस्यहरुले लगेको ऋण उत्पादन मुलक क्षेत्रमा खर्च गनुपर्ने बताउनुभयो । उहाले नगर क्षेत्र भित्र रहेको सहकारीहरुलाई ब्यवस्थीत गरी परिचालन गर्ने नगरको योजना रहेको पनि बताउनुभयो ।
कार्यक्रमका अबसरमा खाँडादेवी गाउपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले सहकारीहरुलाई ब्यवस्थीत नवनाउने हो भने यिनीहरुले बिकृति फैलाउने भएकोले सहकारीहरुको कुशल ब्यवस्थापन को खाँचो भएको औल्याउनुभयो ।
सो अबसरमा वोल्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेलले काठमाण्डौ तिरका केहि सहकारीहरु भागेको भन्ने समाचाहरु आइरहेको भएपनि यहाका सहकारीहरु कुनै हालतमा भाग्न नसक्ने भएकाले ढुक्क भएर कारोवार गर्न शेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो । उहाले यस सहकाीको सञ्चारकर्मी हरु सँग पर्याप्त समन्यको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै नेफ्स्कुन फिल्ड कार्यालय मन्थलीका कार्यालय प्रमुख सूर्य थापाले सहकारीहरु नीति र बिधि वाहिर गएर चल्न नहुने भन्दै कानून विपरित चल्न खोज्ने सहकारीहरुलाई राज्यले कानूनि कठघरामा ल्याउने भएकोले सबै सहकारीहरु सजग रहनु आजको अबश्यकता भएको बताउनुभयो ।
सहकारीको बन्द सत्रले संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गर्नुका साथै जीवन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।


यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मन्जु उप्रेती, पवन कठायत, उत्तर बहादुर भण्डारी रहनु भएको छ भने सदस्यहरुमा मेनुका महत, संगिता अधिकारी, विष्णु कुमार बोहोरा, प्रकाश न्यौपाने,सन्तोष पौडेल रहनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा निरज कुमार श्रेठ रहनु भएको छ भने सदस्यहरुमा जीत वहादुर तामाङ र सम्झना श्रेष्ठ रहनु भएको छ । त्यसैगरी शिक्षा उपसमितिको संयोजकमा विगु शाह सोनार निर्वाचित हुनु भएको छ ।

Share28Tweet18Share5

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ मंसिर २०८०, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२३ मंसिर २०८०, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२३ मंसिर २०८०, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२३ मंसिर २०८०, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२३ मंसिर २०८०, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero